रोबोट राजु के गर्दैछन्?

रोबोट राजु के गर्दैछन्?

विमलको काम जिटिएको क्षमतालाई पूर्णरूपमा विकासको लागि प्रयोग गर्नु थियो तर प्रयोग गरेनन्। बरु सुटकेसमा जिटिएको पैसा बोकेर पैसा बाँड्न गाउँतिर पसे। उनलाई जिटिएको पैसा सुटकेसमा बोकेर बाँड्नको लागि जिटिएमा राखिएको थिएन।

अजय गोर्खा

 

भारतीय जनता पार्टीले आरएसएस ट्रेनिङ पास गराएर बनाएका ‘रोबोट’ कार्यकर्ताहरूलाई दलमा हुलेर दलको मिसन पुरा गर्न पठाइएका अनेकौं नेताहरू मध्ये राजु विष्ट पनि एक हुन्। उनको काम पाहाड़ पसेर पार्टीको गतिविधि बढ़ाउने र आफूजस्तै रोबोटहरू जन्माउने हो।

रोबोटहरूले हातमा लिएको मिसन हो-क्षेत्रीय दल, मुद्दा र जनताको एस्पिरेसन मास्नु र हगडग चलाउनु।

क्षेत्रीय दलहरूको कमिकमजोरी बटुलेर आफ्नो रणनीति बनाउने भाजपाको पुरानो र बलियो रणनीति हो। सिक्किमलाई हेर्नुहोस् त, पवन चामलिङ दलको घोटाला र पीएस गोलेको सिबिआई भाजपाको लागि सिक्किम छिर्ने दरबाजा भयो। चामलिङका 10 विधायकलाई गोलेको सिबिआईको भूतले खेदेर भाजपाको महल छिरायो। राजनीतिमा हिसाब गर्न जानिएन भने जिरोमा पुगिन्छ। हिसाब गर्न जान्नेले त्यही जिरोअघि अङ्क थप्दै लैजान्छ। चामलिङका राजनीति जिरोमा पुग्यो, त्यही जिरोअघि भाजपाले अङ्क थप्दै लाने मौका पाइहाल्यो।

गोलेलाई भाजपाले जिरो अघि अङ्क थप्दै लाने डरले सतायो। फलस्वरूप उपचुनाउमा चामलिङ र गोले दुवै भाजपाको चुवादानीमा पस्यो। चामलिङ र गोले दुवैलाई भाजपाले खेलाइरहेको छ। अब सिक्किमको भविष्य भाजपाको हातमा छ।

सिक्किम राज्य भाजपाको पकडमा पुग्यो भने सिक्किमका लोकल मुद्दाहरूको अवस्था के होला? न पवनलाई चिन्ता न गोलेलाई। दुवै भाजपालाई सिक्किमको भविष्य बेच्न उत्साहित।

यता दार्जीलिङमा चैं गड़बड़ छ।

भाजपालाई सिक्किममाजस्तो दार्जीलिङमा सजिलो छैन। लोकसभा चुनाउमा राजु विष्टले जनताको भोट पाएका होइनन्। लोकसभा चुनाउ विकासको मुद्दा उठाउने चुनाउ होइन। यो चुनाउ जनाकांक्षा पूरा गर्नलाई जनताले खेल्नुपर्ने मैदान हो। भाजपाले जनता सामु दुइवटा मुद्दा मेनिफेस्टोबाट दिए। 11 जातलाई जनजातिको मर्यादा दिने र स्थायी राजनीतिक सामाधान गर्ने।

राजु विष्टको काम पाहाड़को विकासमा टाँउको दुखाउने हुँदै होइन। पाहाड़को विकास गर्नलाई त केन्द्र, राज्य र गोर्खा जनमुक्ति मोर्चाले सुझबुझमा जिटिए बनाइसकेको छ। पाहाड़को कुनै पनि समस्या, कुनै पनि मुद्दाबारेकाम गर्ने जिम्मा जिटिएकै हो। जिटिए हुँदाहुँदै विकास र पाहाड़को मुद्दामा विष्टको कुनै सम्बन्ध छैन। उनको काम जनाकांक्षा पूरा गर्ने हो।

जिटिए केन्द्र, राज्य र मोर्चाको सम्झौताअनुसार बनिएको हो। भङ्ग गर्ने, नगर्ने, केयरटेकर राख्ने, नराख्ने, यसको सञ्चालनमा कसलाई राख्ने, नराख्नेभन्नेबारे निर्णय गर्ने पनि यी तीनै पक्ष हुन्। जिटिएमा ऐनहरू राखिएको छ, जिटिएबारेका जम्मै दायित्वलाई ती नै ऐनहरूले निर्देशन गर्छ।

जिटिएमा समीक्षा सभाको प्रावधान पनि छ। यसले जिटिएका काम र स्थानीय माग र अवसरहरूबारे चर्चा गर्नेछ। आवश्यक पऱ्यो भने केन्द्रले पनि यो सभा बोलाउने परिस्थिति बनाउन सक्छ। आवश्यक पऱ्यो भने राज्य सरकारले पनि परिस्थिति बनाउन सक्नेछ। आवश्यक पऱ्यो भने मोर्चाले पनि परिस्थिति बनाउन सक्नेछ।  तीनै मैन छ।

अहिलेसम्म यो परिस्थिति तीनवटै पक्षबाट बनाइएको छैन। यसको अर्थ हो- पाहाड़मा जिटिए स्मुथ्ली चलिरहेको छ। तीनै पक्षले चल्न दिइरहेको छ। कहिले विमल, कहिले विनय कहिले अनितले यसलाई चलाइरहेकै छन्। केन्द्र, राज्य र मोर्चासित कुनै गुनासो छैन।

पहाडमा दुइचार पार्टी भ्यागुताजस्तो टर्टराउनु स्वाभाविक हो। त्यति नै पनि गरेन भने दलको अस्थित्व कसरी बाँच्छ त? उनीहरू टर्टराइरहोस्।

आधिकारिकरूपमा जिटिएप्रति तीनमध्ये कुनै पक्षको पनि गुनासो छैन।

विमल गुरुङले पनि पटकपटक जिटिए चलाए। दिइएको जिटिएको दायित्वलाई विमल गुरुङले विकासभन्दा पनि धेर आफ्नो कमाइखाने भाँडो र पार्टी विस्तार गर्ने काममा प्रयोग गरेपछि राज्य सरकारले हस्तक्षेप गऱ्यो।

विमलको काम जिटिएको क्षमतालाई पूर्णरूपमा विकासको लागि प्रयोग गर्नु थियो तर प्रयोग गरेनन्। बरु सुटकेसमा जिटिएको पैसा बोकेर पैसा बाँड्न गाउँतिर पसे। उनलाई जिटिएको पैसा सुटकेसमा बोकेर बाँड्नको लागि जिटिएमा राखिएको थिएन।

पैसा बाँड्ने त विधि हुन्छ, त्यो हो जिटिए। जिटिएमा अनेकौं विभागहरू छन्। त्यो विभागबाट साधारण मानिससम्म कुनै पनि विकासको लागि, कुनै पनि पर्पोजको लागि पैसा पुऱ्याउनुपर्छ। यति सामान्य विधि पनि पालन नगरेर आफूलाई असक्षम प्रशासक बनाएपछि विमलले सरकारको हस्तक्षेप सहनु परेको त हो। त्यति हुँदा विमल बौले मात्र हुन्। बौलिँदा नै उनको स्थिति घरको न घाटको बनेको त हो।

यसो भनौं न, बाँदरले धेर चकचक गर्दा केजाति चेप्टियो। हुँदा हुँदा बंगला भाषाको पढ़ाईबारे राजनीति गरेपछि विमलको राजनैतिक असक्षमताले आफ्नै दलभित्र अविश्वासको स्थिति बन्यो। दुरगामी रणनीति नबनाई आन्दोलन गरेपछि त्यो देखावटी आन्दोलनले जनतालाई कतै नपुऱ्याउने देखेपछि विनय तामाङ र अनित थापाले विमलको दादा गिरीको अन्त्य गरिदिएका हुन्।

राजनैतिक दृष्टिकोणबाट हेर्दा राजुले पाहाड़को विकासको चिन्ता लिनु पर्दैन। त्यसको लागि जिटिए छँदैछ। विधायकहरू छँदैछन्। राजुको काम दुइवटा मुद्दा फत्ते गर्नु हो। तर तपैंहरूले हेर्नु भो त जब पत्रकारहरूले यी दुइवटा मुद्दाबारे प्रश्न गर्छन्, राजुले कुरा कसरी बटार्दै आइरहेका छन्। किन बटारेको? किन बटार्नु परेको? लु है, जनता हो, दिमागमा हाल्नुहोस् है यो प्रश्नलाई।

विमल गुरुङ ठिक हुँदो हो सबै ठिक हुन्थ्यो। ठिक थिएन, त्यसको सजाय भेट्यो।

तामाङ र थापामाथि अनेकौं आरोप छ। तर विमलको राजनीतिलाई गहिरोसित बुझ्नेहरूले यो आरोप प्रत्यारोपको राजनीति गर्दैन। अन्धभक्तहरूले विमललाई अझै राम र विनय र अनितलाई रावण बनाइराखेकै छ। तर त्यसले के फरक पर्छ?

नेताहरूले त आफ्नै कमजोरीले दुःख निम्त्याउँछन्। विमलले आफ्नै कर्मको फल पाएका हुन्। जनताले दिएको मौकालाई ठिकसित काममा लगाएको भए दुःख पाउँदैन थिए। पावरमा हुँदा जुन दादागिरी देखाए त्यसको फल पाए।

अध्ययन नगरेका नेताले यस्तै सजाय पाउने त हो।

विमलले सुबास घिसिङलाई जति दुख दिए त्यति त विमल गुरुङले पाएकै छैनन्। घरि नेपाल, घरि दिल्लीको आलिसान घरमा बसेर भूमिगतको नाटक गरिहेकै छन्। भाजपाको कठपुतली बनेर पहाडको राजा हुँ भन्ने भ्रम बोकेकै छन् अझै। समय आउँछ, कतै पनि काम नलाग्ने भएपछि विमलको राजनैतिक करिअर भाजले सँधैको लागि क्लोज गरिदिनेछ।

विमल गुरुङहरूको हजारौं भूलहरूको कारण आरएसएस आरएसएसले तयार पारेको भाजपा कार्यकर्ता राजु विष्टलाई पाहाड़का सांसद बनाइयो। भाजपा साह्रै बाठो। पाहाड़को कुनै भूमिपुत्रलाई सांसद बनाउँदा भोलि फेरि आन्दोलन हुने डरले आरएसएसका रोबोट राजुलाई सांसद बनायो। ताकी आफ्नो रिमोटमा सांसद चल्न सकुन्।

आरएसएसले राजुलाई दिएको ट्रेनिङअनुसार नै पाहाड़मा भाजपाको गतिविधि चलिरहेको छ। जति नै गतिविधि गरुन् तर 11 जातलाई जनजाति नबनाएसम्म र स्थायी राजनीतिक सामाधान नगरिञ्जेल राजु पाहाड़मा पास हुनेवाला छैनन्।

सांसद भएर आएदेखि आजको डेटसम्म राजुले दुइवटा मुद्दामा कति काम गरे? जनताले खै सोधेको?

राजनैतिक दृष्टिकोणबाट हेर्दा राजुले पाहाड़को विकासको चिन्ता लिनु पर्दैन। त्यसको लागि जिटिए छँदैछ। विधायकहरू छँदैछन्। राजुको काम दुइवटा मुद्दा फत्ते गर्नु हो। तर तपैंहरूले हेर्नु भो त जब पत्रकारहरूले यी दुइवटा मुद्दाबारे प्रश्न गर्छन्, राजुले कुरा कसरी बटार्दै आइरहेका छन्। किन बटारेको? किन बटार्नु परेको? लु है, जनता हो, दिमागमा हाल्नुहोस् है यो प्रश्नलाई।

बटार्नु भनेकै राजु कति इमान्दार हो, त्यसको परिचय दिनु हो। राजु पहाडका नयाँ खेलाडी हुन्, तर जनता र पुरानै खेलाडी हो नि? हेर्दै जानुहोस् 2021 को चुनाउको लागि राजुले यसरी बटार्दै लानेछन् र आफ्नो स्वार्थ पूरा गर्नेछन् र जनता त जैसेथे।

नत्र भने त अहिलेसम्म 11 जातलाई जनजाति बनाउन अरू राज्यहरूबाट सहमति लिइसकेको हुनुपर्ने। निकायमा रोकिएका र बाँकी रहेका काम गरिसक्नुपर्ने। अडचनहरू केलाइसक्नुपर्ने। संसदमा यी मुद्दाबारे जोडतोडले बहस गरिसक्नुपर्ने। पाहाड़का सबै दलले राजु विष्टलाई हरेक दिन यसबारे चाप दिनुपर्ने। तर खास काम नगरेर राजुहरू त एनआरसीको भूत ल्याएर राजनीति पो गर्न थाले।

आसाममा रैथानेहरूले आन्दोलन गरेर मुद्दा सुप्रिम कोर्टमा पुगिसकेपछि पो एनआरसी लागू गर्ने काम भाजपाले गरेको हो। गोर्खाहरूलाई एनआरसीको दायराबाट बाहिर राखिएको घोषणा गर्ने अमित शाहलाई राजु विष्टले आसामका गोर्खाहरूले किन समस्या भोग्न परिरहेको हो भनेर प्रश्न गरेको देख्नु भो त?

बंगालमा एनआरसी लागू हुँदैहुँदैन। ग्यारेन्टी। किन भने बंगालका रैथानेहरूले न आन्दोलन गरेका छन् न मुद्दा सुप्रिम कोर्टमा छ। राजनीतिक गोटी सेक्न बंगालमा एनआरसीको भूत पसाएर पाहाड़को मुद्दा डाइभर्ट किन गर्दैछ राजु विष्ट?

राजु विष्टले पाहाड़को विकास गर्ने जिटिएलाई त सहयोग पो गर्नुपर्ने। जबसम्म आफूले पाहाड़को लागि स्थायी राजनैतिक सामाधान दिँदैन के तबसम्म पाहाड़मा कुनै विकास नहुनुपर्ने हो त? जिटिएले कामै गर्नु नहुने? के जिटिए अनित थापाहरूले खुशीले थापेको हो त? त्यो त विमलले थापेको। विमलले चलाउन नसक्दा अनितहरूले चलाइरहेका छन्। अनितहरूले नचलाएको भए तृणमूलले चलाउँथे वा भाजपाले चलाउँथे।

भङ्ग गर्ने , नगर्ने  दायित्व त त्रिपक्षीय सम्झौताले आफैसित राखेको छ। यो भएन, त्यो भएन भन्नेहरूले के हुनुपर्ने बताउनुपर्ने बेलामा पहाडका ससाना कुराहरूमा अल्झिएर राजु विष्टहरूले मूल मुद्दालाई किन छोपेका?

अनित थापाहरूले आफ्नो काम गरिरहेकै छन्, राजु विष्टले पनि आफ्नो काम गर्नुपर्दैन र?

भाजपाले मेनिफेस्टोमा हालेको स्थायी राजनैतिक सामाधान के हो? मुख खोल्नुमा के अफ्ठेरो छ? मुख नखोल्नु भनेको त पाहाड़को जनतालाई बोरामा सुताइराख्ने टेक्निक मत्रै त हो। खासै भन्नुपर्दा स्थायी राजनीतिक सामाधान भनेको पहाडका जनतालाई लोप्पा खुवाउन तयार पारेको ‘आकासको फल आँखा तरि मर’ हो। गर्ने भएदेखि भाजपाले पहिले सामाधानको नाम तोक्ने थियो। नाम तोक्ने वित्तिकै त्यसलाई लागू गर्ने परिस्थिति बन्छ। प्रक्रियाहरू चल्न थाल्छन्। जुन चिजको नाम नै छैन त्यसको गठनको प्रक्रिया कसरी चल्छ?

क्रामाकपाबाहेक पाहाड़को कुनै पनि दलले राजु विष्टलाई स्थायी राजनैतिक सामाधान के हो भनेर प्रश्न नै गरेको छैन? गोजमुमो, गोरामुमो, गोर्खालिग, गोरानिमो, जाप, बुद्धिजीवी, लेखक, विचारकहरू के भाजपामा बिक्री भइसकेको हो?

 

न त 11 जातलाई जनजातिको लागि काम गरेको छ न त स्थायी राजनैतिक सामाधानको कुरा? त्यसो हो भने रोबोट राजु के गर्दैछन्? सोध्नु होस् है सोध्नुहोस्।

हाम्रो मुद्दा 2021 को चुनाउको गोटी बनाउनु दिनुहुन्न। रोबोट राजुलाई टुटेफुटेको नेपालीमा बोल्न लगाएर हामीलाई भावानात्मक बोरामा सुताउने आरएसएसको ट्रेनिङ लागू भयो भने यता न उताको हुनेछौं। बंगालबाट छिर्न खोजिरहेको भाजपा सिक्किमबाट छिरिसक्यो। आआफ्नो रैथाने मुद्दा र समस्या भाजपालाई जिम्मा दिएर चिर निद्रा सुत्न चाहनुहुन्छ भने चुपचाप बस्नुहोस् नत्र बोल्नुहोस्।

क्षेत्रीय राजनीति, जनताको एस्पिरेसन र पहाडी मुद्दाको लागि राजुले 2021 भन्दा अघि नै केही गऱ्यो भने ठिकै होला नत्र कुकुरले नपाएको दुख यहाँका  क्षेत्रीय दल, नेता, मुद्दा र जनताले पाउनेछ।

क्षेत्रीय मुद्दा बचाऔं। क्षेत्रीय दल बँचाऔं। क्षेत्रीय एस्पिरेसन बचाऔं। ह्वेल र डाइनोसरले निल्ला। निलिसकेपछि पछुताएर केही हुन्न।

बरु अनित थापा, विनय तामाङ, मन घिसिङ, बीपी बजगाईँ, गोविन्द छेत्रीहरूको राजनीति, मुद्दा र दल नै ठिक छ, कमसेकम मुद्दा, दल र जनसपना त जिउँदो हुन्छ। राजुलाई पहाड निल्न नदिउँ। आरएसएसलाई भविष्य निल्न नदिउँ। भाजपालाई मुद्दा निल्न नदिउँ।

यदि यी कुराहरू गलत हो भन्छ भने जनताले जे काम गर्न पठाएको हो, त्यो काम 2021 भन्दा अघि नै राजुले गरेर देखाउन्। नत्र अबको शीतकालीन सत्रमा राजुले आफू आरएसएसको रोबोट हुनुको प्रमाण दिने हुन् कि पाहाड़को सांसदको प्रमाण दिने हुन्, छर्लङ्गै हुन्छ है।

 

 

 

Related Posts

leave a comment

Create Account



Log In Your Account