पूर्वको लालीको सार्वजनिक

पूर्वको लालीको सार्वजनिक

सबिता सङ्कल्प

दार्जीलिङ, 25 अक्टोबर।

 ब्लेसिङ एकाडेमी दार्जीलिङको आयोजनामा आज नेपाली साहित्य सम्मेलनको सुधपा प्रेक्षा गृहमा सागर अनुप्रासकृत पूर्वको लाली नेपाली निम्बर संग्रहसितै दार्जीलिङ पहाड़का प्रतिष्ठ कलाकार कुमार सुब्बालाई सम्मानित गरियो।

लोकार्पित कृति र कृतिकारमाथि आफ्नो मन्तव्यमा पूर्वको लाली, लाई कतिले निबन्ध, कहिले संस्मरण, कतिले प्रबन्ध आआफ्नो दृष्टिकोण अनुसार भने तापनि सागर, पूर्वको लाली पढ्ेर म धेरै प्रभावित भएँ, कोहीबेला पूजा गर्नपर्ने ढुंगो आँगनतिरै हुन्छन् तर हामी धेरै टाड़ा टाड़ा खोजी रहेका हुन्छौं, र पछि हेर्दा सागर अनुप्रास पछि रहेछन्, उनको लेखन एउटा आकर्षण रहेछ् एउटा ऊर्जा रहेछन्, एउटा कलाकृति रहेछ भन्ने मैले एउटा कुरो पत्तो लगाएँ, यसै त अनुप्रास भनेको अलंकार एउटा शाखा हो, लेटोरिकको क्षेत्रमा सागर अनुप्रासको एउटा गहिरो सम्बन्ध रहेको मैले बुझें।

नामदुंगले थप भने संग्रहभित्र 27 लेखहरू भएको र सबै नै लेखहरू उम्दा लाग्यो, सागर बहँदैन, सागर बहनुको अर्थ नै सागर हो, सागरको गहिराइ अहिलेसम्म कसैले नाप्न सकेका छैनन्, अनन्तताको एउटा नाम नै सागर हो भन्ने लाग्छ अनि उनको लेखनमा पनि यही नै अनन्ततानै विद्यवान रहोस् भन्ने बताउँदै सम्मानित व्यक्तित्व कुमार सुब्बामाथि आफ्नो बधाईका हरफहरू राख्दै सबैले सम्बोधनमा कुमार सुब्बा भन्छन् तर उहाँ कुमार सुब्बा होइन अब हामीले उनलाई अमर सुब्बा भन्नपर्छ भन्ने वक्तव्य प्रमुख अतिथि डा.जीवन नामदुंगले आफ्नो वक्तव्य राखे।
चित्रकार, गीतकार, उद्घोषक कवि केवलचन्द्र लामाले सम्मानित कुमार सुब्बाको उपलब्धिहरू पढ्ेर म थाकिसकें तर सुब्बा आजपर्यन्त आफ्नो कार्य गरेर पनि नथाक्नु हाम्रो अहोभाग्य भन्ने बताउँदै विधिवत उद्घोषणा गरेको यस कार्यक्रम सर्जक दलसिंह अकेलाको अध्यक्षता, साहित्यकार, समालोचक, साहित्य अकादेमी नेपाली भाषा परामर्श समिति संयोजक डा.जीवन नामदुंगको प्रमुख आतिथ्य, आध्यात्मिक चिन्तक, साई गंगोत्री, कथाकार, सर्जक कृष्णसिंह मोक्तान, साहित्यकार, नाटककार नन्द हाङखिम, सम्मानित व्यक्तित्व कुमार सुब्बा, ब्लेसिङ एकाडेमी सदस्य आदिको विशिष्ट आतिथ्यमा सम्पन्न गरिएको यस कार्यक्रमबीच दार्जीलिङका सांगीतिक जगत्का नक्षत्र गायक कुमार सुब्बाको परिचयलाई केवलचन्द्र लामाले राखेपछि गीतकार मणि राई धुनद्वारा अभिनन्दन पठन गरिएपछि कार्यक्रमका विशिष्ट अतिथि कृष्णसिंह मोक्तानको बाहुलीबाट कुमार सुब्बालाई दोसल्ला ओड़ाएर, शिर शोभा पहिराएर, सम्मान पत्र अनि स्मृति चिन्हद्वारा विभुषित गरियो।

आयोजक समितिको पक्षमा स्कूलको पक्षमा रेनुका राईद्वारा मन्तव्य राखिएपछि हाल दार्जीलिङको गजल गायन क्षेत्रमा प्रसिद्धि कमाउँदै गरेका युवा म्युजिकल ग्रुपको पक्षमा गजल गो सौरभ राईद्वारा गजलहरू प्रस्तुत गरियो भने कवि मिलन प्रधानले कविता पठन गरे। पूर्वको लाली निबन्ध संग्रहको लोकार्पणअघि आकार प्रडक्शन हाउसमाथि शिवानी राईले मन्तव्य राखेपछि लोकार्पित कृतिमाथि आधारित सांस्कृतिक, पर्यावरण विषयमाथि आबद्ध वृत्तचित्रलाई प्रोजेक्टरद्वारा प्रस्तुत गरियो। आध्यात्मिक चिन्तक, कवि किरण स्याङ्देनद्वारा लोकार्पित कृतिमाथि आफ्नो मन्तव्य प्रस्तुत गरेपछि उपस्थित अतिथिहरूको बाहुलीबाट पूर्वको लागिकृतिको विधिवत लोकार्पण गरियो, लोकार्पित घोषणालाई प्रमुख अतिथि डा.जीवन नामदुंगले दर्शकहरूमा सार्वजनिक गरे।
उक्त कार्यक्रमलाई थप मनोरञ्जक तुल्याउँदै गायक भाष्कर प्रधान अनि उनकी छोरी विपश्यना योञ्जनद्वारा भजनसितै सितारको धुनमा देवसी, भैलो र मालश्री प्रस्तुत गरे भने तबला वादक रमेश वरदेवाले संगत गरेका थिए। यसरी नै तीनधारेबाट आमन्त्रित सांस्कृतिक नृत्य टोलीका कलाकारहरूले नागा नृत्यलाई उत्कृष्टरूपमा प्रस्तुत गरे।
आयोजकको पक्षमा उत्साह प्रधानद्वारा स्वागत सम्बोधन प्रस्तुत गरिएको यस कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि साथै अध्यक्ष दलसिंह अकेलाले कृतिकारमा बधाई शुभकामना राख्दै कार्यक्रमको समापन गरियो।

Related Posts

leave a comment

Create Account



Log In Your Account