मुख्यमन्त्रीद्वारा नेताजी म्युजियमको भ्रमण

मुख्यमन्त्रीद्वारा नेताजी म्युजियमको भ्रमण

प्रतिविम्ब न्यूज

खरसाङ 25 अक्टोबर।

मुख्यमन्त्री ममता ब्यानर्जीले हिजो खरसाङको गिद्ध पहाडस्थित नेताजी म्युजियमको निरीक्षण गरेका छन् । उनी हिज बिहान 10 किलोमीटर पैदल यात्रा गर्दै महानदीसम्म पुगिन् । यसै क्रममा फर्किन्दा गिध्द पहाड़स्थित नेताजी म्युजियममा पुगेर स्थलगत् निरीक्षण गरिन् ।

उनले सर्किट हाउसदेखि 1 किलोमीटर टाड़ोमा रहेको नेताजी म्युजियम पुगेर भित्री भागको पनि परिदर्शन गरिन्। उनले म्युजियमको बाहिरपट्टि रहेको नेताजी सुवासचन्द्र बोसको मूर्तिमा खदार्पण पनि गरिन् भने म्युजियमको भित्रपट्टि चिया पनि पिएकी छन् । मुख्यमन्त्री ममता ब्यानर्जी सधैं नेताजी जयन्तीको दिन पहाड़ आए पनि नेताजी जयन्ती दार्जीलिङमा नै मनाउने गर्थिन् । तर यसपाली मुख्यमन्त्री ममता ब्यनर्जी खरसाङको गिद्ध पहाडस्थित सर्किट हाउसमा दुई दिन बसिन् अनि पहिलो दिन बिहान पैदल यात्रा गर्दै महानदीसम्म पुगे पनि नेताजी म्यूजियम गएनन् । तर दोस्रो दिन भने उनी बिहान पैदल यात्रा गर्दै महानदी पुगेर फर्किन्दा गिध्द पहाड़स्थित नेताजी म्युजियमको परिदर्शन गर्न गएकी छन् ।

यसपल्ट भने मुख्यमन्त्रीले पहिलोपल्ट खरसाङको गिद्ध पहाडस्थित नेताजी म्युजियममा गएर निरीक्षण गरेकी छन् । उनले नेताजी म्युजियममा लगभग 15 मिनटको समय बिताएकी छन् । म्युजियम परिदर्शन गरेपछि पत्रकारहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्री ममता ब्यनर्जीले नेताजी म्युजियमको बिल्डिङको अवस्था अत्यन्तै खराब रहेको कारण पश्चिम बंगाल सरकारद्वारा यस बिल्डिङलाई नयाँ गरी सुन्दर बनाएको साथै उनले यो बिल्डिङ ऐतिहासिक र हेरिटेज बिल्डिङ हो भनी बताइन् । नेताजी म्युजियमको नेताजी म्युजियमको इन्चार्ज गणेश प्रधानले मुख्यमन्त्री ममता ब्यनर्जीलाई नेताजी म्युजियमको परिदर्शन गराएका छन् । यसावधि मुख्यमन्त्रीले म्युजियममा नेताजीको बेड रूम र स्टडी रूप हेर्न चाहेर देखाई मागेको पनि इन्चार्ज गणेश प्रधानले बताएका छन् । उनले बताए अनुसार मुख्यमन्त्री बिहीबार लगभग दिउँसो 12.30 देखि 12.45 बजेभित्रमा म्युजियम आएको अनि यसावधि उनले नै मुख्यमन्त्री ममता ब्यनर्जीलाई म्युजियमको परिदर्शन गराएका थिए ।

Related Posts

leave a comment

Create Account



Log In Your Account