मुख्यमन्त्री ममता ब्यानर्जीले गरिन् महानदी क्षेत्रको भ्रमण

मुख्यमन्त्री ममता ब्यानर्जीले गरिन् महानदी क्षेत्रको भ्रमण

प्रतिविम्ब न्यूज

खरसाङ 24 अक्टोबर।

राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी पहिलोपल्ट खरसाङ महकुमाको महानदी क्षेत्रमा पुगिन्। मंगलवार सिलगढीको प्रशासनिक बैठक सकेर साँझ खरसाङ गिध्द पहाड़स्थित सर्किट हाउसमा आएर बसेकी थिइन् । उनी हिदो बिहान मर्निङ वर्कमा पैदल महानदीसम्म पुगिन् । सर्किट हाउसबाट पैदल यात्रा गर्दै गिध्द पहाड़ हुँदै महानदी पुगेकी थिइन्।

सधैं मुख्यमन्त्री पहाड़को भ्रमणमा आउँदा रोहिणी रोड भएर दार्जीलिङसम्म जाने गर्थिन्। तर यसपाली उनी खरसाङ आएर बस्दा प्रथमपटक महानदी पनि पुगिन् । उनी महानदीसम्म कुनै अफिसियल निरीक्षणमा नगएर केवल बिहानको मर्निङ वर्कमा पैदल महानदीसम्म पुगेको जानकारी प्राप्त भएको छ । उनी विशेष गरी गिध्द पहाड़स्थित नेताजी संग्राहलयमा जाने भनिए पनि उनी त्यहाँ नगएर सोझै महानदीतर्फ पैदल यात्रा गर्दै गएकी थिइन् भने पैदल यात्रा गरेर नै खरसाङ फर्केका छन् । महानदी पुगेर यहाँको रेलवे स्टेशन परिसर र महानदी बजार क्षेत्रको निरीक्षण गरी फर्केका छन् । त्यहाँबाट फर्की खरसाङ पुगेर दार्जीलिङ र कालेबुङ जिल्लाको प्रशासनिक अधिकारीहरूसित प्रशासनिक बैठक गरिन् ।

Related Posts

leave a comment

Create Account



Log In Your Account