खरसाङमा जीटीए- राज्य सरकारमाझ प्रशासनिक बैठक : तीन महीनाभित्रमा पहाड़का विकासकार्यहरू पूरा गर्नुपर्ने मुख्यमन्त्रीको निर्देश

खरसाङमा जीटीए- राज्य सरकारमाझ प्रशासनिक बैठक : तीन महीनाभित्रमा पहाड़का विकासकार्यहरू पूरा गर्नुपर्ने मुख्यमन्त्रीको निर्देश

प्रतिविम्ब न्यूज

खरसाङ, 23 अक्टोबर।

पहाड़मा विकासको कार्यहरू आगामी तीन महिनाभित्रमा पूरा गर्ने निर्देशन मुख्यमन्त्री ममता ब्यानर्जीले आज खरसाङको प्रशासनिक बैठकमा दिएकी छन् । उनले पहाड़को भईरहेको सबै अधूरो रहेका कामहरू कामहरू आगामी 20 जनवरी 2020 भित्रमा सक्नु पर्ने निर्देशन दिएकी छन् । उनले छ महिनाको अवधिमा हुने काम तीन महिनाको अवधिमा नै हुनुपर्छ, काम गुणात्मक रुपमा हुनुपर्छ, विकासको कार्यमा कुनै सम्झौता हुने छैन अनि पहाड़लाई सुन्दर र स्वच्छ राख्नुपर्छ भनी बताउँदै पहाड़मा पिउने पानी, सड़क, ग्रिन युनिभर्सिटी ,प्रेसीडेन्सी कलेज लगायत सबै विकास कार्यहरू तीन महिनाभित्रमा पूरा गर्ने निर्देशन जारी गरेका छन् ।

आजको सभामा मुख्यमन्त्री ममता व्यानर्जी

आज मुख्यमन्त्री ममता ब्यानर्जीले दिउँसो साँढ़े एक बजेदेखि खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा जीटीए, नगरपालिकाहरूका जनप्रतिनिधिहरू एवं कालेबुङ र दार्जीलिङ जिल्लाको प्रशासनिक अधिकारीहरूसित प्रशासनिक बैठक गरिन् । उनले पुलिस अधिकारीहरू, कानून व्यवस्था र विकासको कार्यहरू विषयमा विस्तृत रूपमा प्रशासनिक अधिकारीहरूसित समीक्षात्मक बैठक गरिन् । मुख्यमन्त्रीले विकासको कार्यहरू के कति हुँदैछ, कति भएको छैन, कतिपय कार्यहरू किन पूरा भएको छैन भनी सबैको जानकारी लिइन् भने कामहरू पूरा नभएको कारणहरू पनि बुझिन् । सबै विकास कार्यहरूको समीक्षा गरिन् साथै सबै कार्यहरूको विस्तृत रूपमा जानकारी लिइन् । उनले यस प्रशासनिक बैठकमा विकास बोर्डहरूले सरकारबाट पाएको रकम र सहुलियतहरूको के कस्तो कार्यहरू गरिन्दैछन् भन्ने विषयमा पनि जानकारी लिइन् ।

यसावधि खरसाङमा मेडिकल कलेज र सरकारी अस्पतालको निर्माणको लागि भूमि उपलब्ध गराउनलाई खोज्ने काम गर्ने निर्देश दिइन् । मुख्यमन्त्रीले दिवाली अघि नै चियाबारी श्रमिकहरुको लागि बाँकी रहेको 8 प्रतिशत बोनस दिलाउन कोशिष गर्नुपर्ने बताइन् । उनले एनआरसी विषयमा नडराउने बताउँदै हामी सबै भारत देशको नागरिक हौं, कसैलाई भगाउने कुरा आउँदैन अनि हामी कसैलाई हटाउन पनि चाहँदैनौं भनी बताइन् । उनले पहाड़मा भूमि समस्याको समाधान गर्ने पनि निर्देशन जारी गरिन् ।

प्रशासनिक बैठकमा जीटीए चेयरम्यान अनित थापाले आफ्नो तर्फबाट मुख्यमन्त्री समक्ष पहाड़मा सन् 1986 देखि नै बेकारी समस्याले सताएको छ, शिक्षक नियुक्तिमा सही प्रक्रिया छैन, यहाँ एसएससी लागु छैन भनी बैठक अवधि मुख्यमन्त्री समक्ष राखेका थिए । त्यसरी खरसाङको विधायक डा रोहित शर्माले जीटीए क्षेत्रको ग्रुप सी र डी कर्मचारीहरूको वेतन बढोत्तरी भएपनि ग्रुप ए र बी कर्मचारीहरूको पनि वेतन बढोत्तरी गरिदिने मांग गरेका छन्।

यस प्रशासनिक बैठकमा राज्यको मुख्य सचिव, मन्त्रीहरू अरूप विश्वास, गौतम देव, राज्य सभा सांसद शान्ता छेत्री, राज्यको पुलिस अधिकारीहरू,दार्जीलिङ र कालेबुङ जिल्लाको जिल्ला शासक, दुवै जिल्लाको पुलिस अधीक्षक, जीटीए चेयरम्यान अनित थापा, गोजमुमो अध्यक्ष बिनय तामाङ, उत्तर बंगाल विकास बोर्डको चेयरम्यान अमरसिंह राई, दार्जीलिङ, कालेबुङ, खरसाङ र मिरिक नगरपालिकाको चेयरम्यानहरू र अन्य प्रशासनिक अधिकारीहरू उपस्थित थिए । खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा प्रशासनिक बैठक गरेर पत्रकारहरूलाई सम्बोधन नगरी सोझै डाउहिल क्षेत्रको निरीक्षण गर्न गइन् । उनले डाउहिल स्कूलको निरीक्षण गर्दै त्यहाँको कतिपय समस्याहरूको विस्तारै समाधान गरिदिने आश्वासन दिइन् । उनले खरसाङमा बनिरहेको प्रेसिडेन्सी कलेजको स्थलगत निरीक्षण गर्दै काम ढिलो भएको विषयमा किन ढिलाई भईरहेको छ भनी जानकारी लिइन् भने यसको कार्य चाढ़ो र गुणस्तरीय रुपमा गर्नुपर्ने पनि निर्देशन दिइन् । उनी डाउहिलबाट सोझै बजार झरेर गिध्द पहाड़स्थित सर्किट हाउसमा गइन् । राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी मंगलबार बेलुकी खरसाङ आएकी थिइन् भने बुधवार उनले खरसाङमा कालेबुङ र दार्जीलिङ जिल्लाको प्रशासनिक अधिकारीहरूसित प्रशासनिक बैठक गरिन् भने आज उनी सिलगढ़ी फर्किने भएको छ ।

Related Posts

leave a comment

Create Account



Log In Your Account