मंगलबार बेलुकी खरसाङ आइपुगिन् मुख्यमन्त्री ममता ब्यानर्जी

मंगलबार बेलुकी खरसाङ आइपुगिन् मुख्यमन्त्री ममता ब्यानर्जी

प्रतिविम्ब न्यूज

खरसाङ 23 अक्टोबर।

लोकसभा चुनावपछि पहिलोपल्ट पहाड़ आउने क्रममा राज्यकी मुख्यमन्त्री ममता ब्यनर्जी मंगलबार बेलुकी खरसाङ आइपुगिन् । दिउँसोदेखि नै मुख्यमन्त्री ममता ब्यनर्जीलाई स्वागत गर्न पहाड़का जनताहरू लगायत हिल तृणमूल कंग्रेस, गोजमुमो, विभिन्न विकास बोर्डका प्रतिनिधिहरू, प्रशासनिक अधिकारीहरू उपस्थित थिए । खरसाङको रोहिणी जिरो क्षेत्रमा दिउँसोदेखि पर्खेर बसेका थिए । मुख्यमन्त्री खरसाङ आइपुग्दा साँझको लगभग 6 बज्न लागेको थियो । मुख्यमन्त्रीको स्वागतमा जीटीए चेयरम्यान अनित थापा, गोजमुमो अध्यक्ष बिनय तामाङ, दार्जीलिङ, खरसाङ, कालेबुङ क्षेत्रका पार्टी प्रतिनिधिहरू उपस्थित थिए । रोहिणी जिरोमा मानिसहरूका भीड़बीच मुख्यमन्त्री ममता ब्यानर्जी खरसाङ आइपुगेर गाडीबाट नउत्रीकन सोझैं गिध्द पहाड़स्थित सर्किट हाउसमा गइन् । मुख्यमन्त्री खरसाङ आइपुग्दा निक्कै अँध्यारो भइसकेको थियो भने अँध्यारोको वास्ता नगरी मानिसहरू बसेका थिए ।

मुख्यमन्त्री आज साँझ सर्किट हाउसमा बस्नेछिन् भने भोलि बुधबार खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा कालेबुङ र दार्जीलिङ जिल्लाको प्रसाशनिक अधिकारीहरूसित बैठक गर्ने छन् । मुख्यमन्त्रीको खरसाङमा हुने कार्यक्रम विषयमा पत्रकारहरूलाई सम्बोधन गर्दै हिल तृणमूल कंग्रेसको सभापति एलबी राईले यो मुख्यमन्त्रीको प्रशासनिक भ्रमण रहेको बताउँदै उनले भोलि बुधबार दार्जीलिङ र कालेबुङ जिल्लाको प्रशासनिक अधिकारीहरूसित साथै पहाड़का नगरपालिकाहरूका जनप्रतिनिधिहरूसुत पनि बैठक गर्नेछन् भनी बताएका छन् । बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी आज सिलगढीमा उत्तर बंगालको प्रशासनिक बैठक गरेर खरसाङ आइपुगिन् ।

Related Posts

leave a comment

Create Account



Log In Your Account