डा.आइ बी राई श्रद्धाञ्जलीसितै फोटो प्रदर्शनी कार्यक्रम

डा.आइ बी राई श्रद्धाञ्जलीसितै फोटो प्रदर्शनी कार्यक्रम

प्रतिविम्ब न्यूज

दार्जीलिङ, 19 अक्टोबर।

2014 सालमा स्थापना गरिएको दार्जीलिङ फोटोग्राफी सोसाइटीको आयोजनामा हिजोदेखि दार्जीलिङ पहाड़को केन्द्रस्थल चौरास्ता परिसरमा तीन दिवसीय फोटो प्रदर्शनीको शुभारम्भ गरिएको छ। दार्जीलिङ पहाड़लगायत कालेबुङ, मिरिक, खरसाङका फोटोग्राफी सोसाइटीका प्रतिनिधिलगायत अन्य अनलाइन क्षेत्रका फोटोग्राफीमा इच्छुक फोखोटो पत्रकारहरूले पनि यस फोटो प्रदर्शनीमा अंशग्रहण गरेका थिए।

उक्त फोटोग्राफीमा अलिकता बेग्लै विषयमा प्रकाश पार्दै दार्जीलिङ पहाड़का साथै भारतीय नेपाली साहित्यका वरिष्ठ्र अग्रज साहित्यकार स्व.इन्द्रबहादुर राईको अमूल्य तथा अतुलनीय कार्य योगदानको कदर गर्दै साथै श्रद्धाञ्जलीस्वरूप डा.राईका साहित्यसित सम्बन्धित विषयहरूलाई समेटेर फोटो प्रदर्शनीमा कृतिसितै उनका सम्बन्धित तथ्य र अन्य फोटोहरू पनि संलग्न गरेका छन्। दार्जीलिङका युवाहरू यसरी साहित्ङ्मिक क्षेत्र र डा राईको साहित्यिक गतिविधिलाई लिएर काम गर्नु यो एउटा प्रशंसनीय विषयरहेको छ।

2014 सालदेखि फोटोग्राफी सोसाइटीले विभिन्न प्रकारका फोटो इभेन्ट र विविध विषयलाई लिएर कार्यक्रम गरिरहेका छन् भने प्रत्येक साल गरिने यो प्रदर्शनी 6 वर्ष टेकिसकेको छ । यो प्रदर्शनीको गर्नुको विशेष उद्देश्यबारे बताउँदै सचिव आवाज राईले भने यसै प्रदर्शनीको माध्यमद्वारा दार्जीलिङ साथै अन्य स्थानमा फोटोग्राफरहरूलाई उनीहरूको रूचि र प्रतिभालाई हेरेर एउटा मञ्च दिने कार्य हामीले गरिरहेका छाैंं। यसरी युवाहरूले आफ्नो प्रतिभालाई यथाशक्य जनमानसमा दर्शाउन सकोस् भन्ने हाम्रो जमर्को रहेको छ भने यस प्रदर्शनीमा लगभग 50 भन्दा अधिक फोटोग्राफरहरूले अंशग्रहण गरेका छन् भने 140 भन्दा अधिक फोेटोहरू यस प्रदर्शनीमा गरेका छौं भन्ने विषयलाई सचिव राईलेले प्रकाश पारे। यसको साथै यस प्रदर्शनीमा अनलाइन फोटोग्राफीहरू संलग्न गरेका छौं र यस सोसाइटीको सदस्यहरू अनलाइन मोठ 28 हजारभन्दा अधिक भइसकेको र अफलाइन सदरूयहरू जम्मा 80 जना सदस्यहरू रहेका छन् भन्ने राईलेले बताए।

हिजदेखि आरम्भ गरिएको यो फोटो प्रदर्शनी आगामी 19 अक्टोबरसम्म सम्पन्न गरिने छ भने दार्जीलिङलका स्थानीयहरूसितै अन्य पर्यमटकहरूले पनि यस प्रदर्शनीको खूबै उत्साहपूर्वक अवलोकन गरिएको देखियो। उक्त फोटो प्रदर्शनीको उद्घाटन हिज उद्घाटन सत्रका प्रमुख अतिथि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन पर्यटन विभागका सहनिर्देशक सुरज शर्माले गरे। उक्त फोटो प्रदर्शनीमा विक्री वितरणको निम्ति पनि फोटोहरू राखिएका छन् भने यसैसित सम्बन्धित सोसाइटीका 12 रेजिस्टर सदस्यहरूबाट 12 वटा फोटोग्राफ लिएर 2020 वर्षको क्यालेण्डर रिजिल गर्नुको साथै विक्री वितरणको निम्ति राखिएको छ। चौरास्ता परिसर दार्जीलिङको मुटु तथा केन्द्रस्थल भएको हुनाले पर्यटक साथै अपार स्थानीय मानिसहरूले बिहानदेखि बेलुकीसम्म नै फोटो प्रदर्शनीको आनन्द उठाइरहेको सोसाइटीका प्रतिनिधिवर्गले बताएका छन्।

यस फोटो प्रदर्शनीमा क्रमैले फोटोग्राफरहरू अजय ठकुरी, अक्षय राई, अमर गुप्ता, अनुप सुनाम, अर्पण गोले, आशिष, अतुल, आवाज,भुपेन, विकास आले, विश्व छिरिङ तामाङ, बीज, छुडेन लेप्चा, ललित तामाङ, लिवाङ छिरिङ, मृणाल गुरूङ, निश्चल प्रधान, निष्ठा राई, प्रबीन प्रधान, रविन , प्रणाय थामी, प्रशान्ता, प्रतिमा, प्रवीन सुब्बा, सरोज रसाइली, सुरेन्द्र प्रधान, सन्नी रावत, सुनिल राई, विक्रम हाङखिम, सुमित सुब्बालगायत अन्य 24 अनलाइन, इन्स्टाग्रामका सदस्यहरू अनि अन्य अफलाइनका सदस्यहरू रहेका छन्। प्रदर्शनीमा आयोजकको पक्षमा सोसाइटी अध्यक्ष प्रवीन प्रधान अनि सचिव आवाज राईलगायत अन्य सदस्यहरूको उपस्थिति थियो।

 

Related Posts

leave a comment

Create Account



Log In Your Account