घैयाबारीमा प्रतियोगितामूलक सांस्कृतिक एंव खेलकूद कार्यक्रमहरू सम्पन्न

घैयाबारीमा प्रतियोगितामूलक सांस्कृतिक एंव खेलकूद कार्यक्रमहरू सम्पन्न

प्रतिविम्ब न्यूज

खरसाङ 19 अक्टोबर।

खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टीको घैयाबारी ग्राम पञ्चायत 3 मा रहेको हिमालयन बेरोजगार वेलफेयर सोसाईटीको आयोजनामा आज घैयाबारी खेल मैदानमा सांस्कृतिक एवं खेलकूद कार्यक्रम सम्पन्न भयो । हिमालयन बेरोजगार वेलफेयर सोसाईटीको सभापति मदन प्रधानको अध्यक्षता र जीटीए बिओए सदस्या अनु प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमबीच विभिन्न प्रतियोगितामूलक खेलकूद कार्यक्रमहरू सम्पन्न भयो । यस अवसरमा विशिष्ट अतिथिको रूपमा तीनधारे पुलिस आउटपोष्टको बड़ाबाबु सागर प्रधान, बीबी थापा, घैयाबारी अस्पतालको डाक्टर इमोन दास गुप्ता, मणिकुमार छेत्री उपस्थित थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्यहरू प्रतियोगिताको रूपमा राखिएको थियो ।

उक्त नृत्य प्रतियोगितामा निर्णायकको रूपमा परिना प्रधान, नितु छेत्री र निता तामाङ उपस्थित थिए । यस अवसरमा केटा र केटीहरूका 100,200 र 300 मिटरको दौड़ , रिले रेस, लङ्ग जम्प, छेलो जस्ता प्रतियोगिताहरू आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि जीटीए बीओए सदस्या अनु प्रधानले घैयाबारीको खेल मैदानको उन्नतिको लागि जीटीए बीओए चेयरम्यान अनित थापालाई भनेर सहयोग गर्ने आश्वासन दिएका छन् । उनले आजको कार्यक्रमको सराहना गर्दै नानीहरूलाई कुलतबाट जोगाउन हिमालयन बेरोजगार वेलफेयर सोसाईटीको तर्फबाट आयोजना गरिएको आजको कार्यक्रम सफल भएको पनि बताएका छन् ।

आजको कार्यक्रम विषयमा हिमालयन बेरोजगार वेलफेयर सोसाईटीको सल्लाहकार राजु छेत्रीले विस्तृत रूपमा पत्रकारहरूलाई जानकारी गराउँदै भने 2015 मा नै स्थापना भएको हाम्रो संस्थाले यस क्षेत्रमा धेरै कामहरू गर्दै आईरहेका छन् अनि यसै अन्तर्गत आज पनि ग्राम पञ्चायत स्तरीय विभिन्न प्रतियोगितामूलक खेलकुद अनि सांस्कृतिक कार्यक्रम गरिएको बताए । उनले कार्यक्रममा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन् । कार्यक्रममा घैयाबारी क्षेत्रका नानीहरूलाई लिएर विभिन्न प्रतियोगितामूलक कार्यक्रमहरू आयोजना गरिएको थियो ।

Related Posts

leave a comment

Create Account



Log In Your Account