ग्राम पञ्चायत स्तरीय म्याराथन दौड़ सम्पन्न

ग्राम पञ्चायत स्तरीय म्याराथन दौड़ सम्पन्न

प्रतिविम्ब न्यूज

खरसाङ  19 अक्टोबर।

खरसाङ महकुमा अन्तर्गत घैयाबारी ग्राम पञ्चायत 3 को हिमालयन बेरोजगार वेलफेयर सोसाईटीको आयोजनामा ग्राम पञ्चायत स्तरीय म्याराथन दौड प्रतियोगिता आज सम्पन्न भयो । घैयाबारी ग्राम पञ्चायत 3 अन्तर्गत पर्ने गाउँलेहरूका युवाहरू जम्मा 27 जनाले उक्त म्याराथन दौड प्रतियोगितामा भाग लिएका थिए । उक्त दौड़ एनएच 55 अन्तर्गत पगलाझोड़ादेखि घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानसम्म गरिएको थियो । उक्त म्याराथन दौड़मा 27 जनाले सहभागिता जनाएका थिए भने प्रथम सिलिमहिलका वाङ्दी तामाङ, दोस्रो रोहिणीको नवदीप प्रधान र तेस्रो जोगमायाको नितिक छेत्री भएका छन् । यस दौड़ प्रतियोगितामा निर्णायकको रूपमा रामप्रसाद राई र पुनम छेत्री रहेका थिए । यस म्याराथन दौड विषयमा बोल्दै हिमालयन बेरोजगार वेलफेयर सोसाईटीको सल्लाहकार राजु छेत्रीले युवाहरूलाई ड्रग्स र कुलत जस्तो विभिन्न क्षेत्रहरूबाट जोगाउन हिमालयन बेरोजगार वेलफेयर सोसाईटीको आयोजनामा घैयाबारी ग्राम पञ्चायत 3 क्षेत्र स्तरीय रुपमा आज खेलकूद अनि सांस्कृतिक कार्यक्रम आयोजना गरिएको र त्यसैको एउटा हिस्साको रूपमा म्याराथन दौड पनि रहेको बताएका छन् । उनले यस दौड प्रतियोगिता पगलाझोड़ादेखि घैयाबारीको खेल मैदानसम्म जम्मा 3 किलोमीटर रहेको पनि बताएका छन् । म्याराथन दौड़ प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेहरूलाई अतिथिहरूको बाहुलीबाट नगदराशि, ट्रफीसहित प्रमाण पत्र पनि प्रदान गरियो ।

Related Posts

leave a comment

Create Account



Log In Your Account