आकांक्षा थापा र लाक्पा शेर्पा दार्जीलिङमा

भोटिया बस्तीमा आकांक्षा अनि लाक्पा शेर्पालाई स्वागत
दार्जीलिङ, अक्टुबर : काठमाडौं नेपालको अन्तर्राष्ट्रियस्तरको टेली श्रृंखला भोइस अफ नेपालमा आफ्नो सफल गायिकीले आफ्नो छुट्टै जग बसाल्न सक्षम बनेकी आकांक्षा थापाको दार्जीलिङ आगमनको समय दार्जीलिङस्थित सहायक समिति लोअर भोटिया बस्तीको आयोजनामा गायिका आंकाक्षा थापालाई स्वागत सम्मान जनाइयो।
उक्त कार्यक्रम नरिप्रसाद शर्माको अध्यक्षता, फटिकधर ब्राह्माणको प्रमुख आतिथ्य एवं अन्तर्राष्ट्रियस्तरका कलाकार लाक्पा शेर्पालगायत रतन थापा, विनय सेवालगायत अन्य व्यक्तिविशेषको विशिष्ट आतिथ्यमा सम्पन्न गरियो। उक्त कार्यक्रमलाई थप मनोरञ्जन दिलाउँदै सुष्मिता , समृद्धि, आकृति, स्वयम्, वैष्णवी तथा अन्य कलाकारहरूले नृत्य साथै गीतहरू प्रस्तुत गरे। यसै कार्यक्रममा सहायक समिति लोअर भोटिया बस्तीको पक्षमा आयोजक समितिको पक्षमा गायिका आंकाक्षा थापा अनि उनकी मातापितालाई पनि मञ्चमा सम्मान जनाउँदै गायिका थापालाई दोसल्ला, सम्मान अनि उपहारद्वारा सम्मानित गरियो। यसै क्रममा आंकाक्षा थापाले आफ्नो पक्षमा सबैप्रति आभार प्रकट गर्दै आगामी दिनको प्रतियोगिता तथा बैटल राउण्डदेखि अन्य नकाउट राउण्ड आदिको समयमा भोटिङ गरेर सहयोग गर्ने सबैमा अपील गरे। यसै क्रममा यसरी लोअर भोटिया बस्तीका ग्रामवासीहरूले यसरी सम्पूर्ण परिवारलाई माया र सम्मान गरेवापत् आभार प्रकट गरे।
यसै मञ्चमा विशिष्ट अतिथिको रूपमा उपस्थित कार्निभल म्युजिकल व्याण्डका अग्रज कलाकार साथै हाल अन्तर्राष्ट्रियस्तरमा आफ्नो गायिकी र सांगीतिक सफलताले चर्चित बन्दै आएका प्रतिष्ठ कलाकार लाक्पा शेर्पाले आकांक्षालाई आफ्नो पक्षबाट पछिबाट हार्दिकरूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै मञ्चमा चर्चित बनेका गीतहरू प्रस्तुत गरेर सबैलाई सुनाए। आफ्ना गाउँका सबैले यसरी सम्मानित गरेवापत् उनले सबैप्रति आभार प्रकट गरे। भोइस अफ नेपालका प्रतियोगी आकांक्षालाई उपस्थित सम्पूर्ण दर्शकहरूले आशिष दिँदै श्रद्धार्पण गरे भने कार्यक्रममा अध्यक्षले दार्जीलिङका एक चर्चित वाद्य वादक, प्रशिक्षक विनय सेवाले गायिका आकांक्षालाई यसरी गाउँमा ल्याएर ऋणि तुल्याएको बताउँदै आभार प्रकट गरे।

leave a comment

Create Account



Log In Your Account