गाडीधुरामा गोजमुमोको सभा अनि बुथ स्तरीय कमिटी गठन

गाडीधुरामा गोजमुमोको सभा अनि बुथ स्तरीय कमिटी गठन

प्रतिविम्ब न्यूज
खरसाङ 05 सेप्टेम्बर।

गोर्खा जनमुक्ति मोर्चा (विनय-अनित खेमा)ले अहिले पार्टीलाई अझ बलियो बनाउन अनि पार्टीको कार्यलाई सहज र सुदृढ पार्न प्रत्येक क्षेत्रमा सभा गरी बुथ कमिटी गठन गर्ने कार्य धमाधम सम्पन्न गरिरहेछ। यसै क्रममा यहाँको गाडीधुरास्थित बाहुनीपोखरी अनि अमृतबस्तीका पार्टी समर्थकहरूलाई लिएर एक सभाको आयोजन गरियो। पार्टीको गाडीधुरा ब्लक सभापति राजेश छेत्रीको सभापतित्वमा सम्पन्न सभामा पङ्खाबारी-लङ्भ्यू-अम्बटे समष्टि सभापति प्रणाम रसाईली,खरसाङ महकुमा सदस्य अनुप रामुदामु,समष्टि सहसचिव कुनाल छेत्रीको विशेष उपस्थिति रहेको थियो।

यहाँको ग्रेस एकाडेमी स्कूलमा आयोजित सभामा साङ्गठनिक विभिन्न विषयहरुमा चर्चा-परिचर्चा गरियो। त्यसबाहेक गोजमुमो पार्टीलाई बलियो बनाएर लैजान वर्तमान पार्टीका दुई दह्रिला खाँबोहरू विनय तामाङ अनि अनित थापाको हातलाई अझ मजबुत पार्न पार्टीका सबै सदस्यहरूले सक्रिय रूपले कार्य गर्ने आह्वान गरियो। त्यसै सभामा पार्टीको बाहुनीपोखरी अनि अमृतबस्ती शाखालाई विघटन गरी २३२ बुथ कमिटी गठन गरियो। पार्टीको केन्द्रीय समितिको निर्देशलाई पालन गर्दै गठन गरिएको यस कमिटीमा सभापति निरज रुम्बा, उपसभापति सन्तोष प्रधान अनि जीवन थापा, सचिव रूद्र विश्वकर्मा, सह सचिवहरू सुक बहादुर प्रधान अनि रोशन कोइराला,कोषाध्यक्ष धन बहादुर प्रधान, सल्लाहकारहरू सागर शर्मा, कुमार छेत्री,बसन प्रधान,जीवन तामाङ,कृष्ण छेत्री,अजय छेत्रीलाई सर्वसम्मतिद्वारा चयन गरियो भनी सभापति निरज रुम्बाले जानकारी दिएका छन् ।

Related Posts

leave a comment

Create Account



Log In Your Account