ताजा खबर :

महेश दाहालकृत अचल कुहिरोसितै सौरभ मधुर राईको एकल गायन सम्पन्न, कर्ण विरहलाई सम्मान

महेश दाहालकृत अचल कुहिरोसितै सौरभ मधुर राईको एकल गायन सम्पन्न, कर्ण विरहलाई सम्मान

प्रतिविम्ब न्यूज

दार्जीलिङ, 3 सेप्टेम्बर।

हिज घूम जोरबंगलो महाविद्यालय र मिरभ प्रकाशन दार्जीलिङको संयुक्त आयोजनामा युवा कवि डा.महेश दाहालको कथाकृति अचल कुहिरोको लोकार्पणसितै युवा गायक, गजल गायक मधुर सौरभ राईको एक गायन प्रस्तुत गरियो।

उक्त कार्यक्रम घूम जोरबंगलो महाविद्यालयका प्राचार्य मिलन तामाङको अध्यक्षता साहित्यकार, कवि मनप्रसाद सुब्बाको प्रमुख आतिथ्य कथाकार, साहित्यकार गुप्त प्रधानको विशिष्ट आतिथ्य अनि साहित्यकारहरू क्रमैले एम पथिक, डा.वीणा हाङखिम, मणिका मुखिया, स्नेहलता राई, हरेन आले, कवीन्द्रकुमार तामाङलगायत कृतिकार महेश दाहालका मातापिताको विशेष आतिथ्यमा सम्पन्न गरियो। युवा कवि कर्ण विरहद्वारा विधिपूर्वक सञ्चालन गरिएको यस कार्यक्रमको प्रथम चरणमा आयोजकको पक्षमा कवि जीवन बान्तवाले स्वागत सम्बोधन राखेपछि कार्यक्रमलाई काव्यमय तुल्याउँदै कविहरू क्रमैले जया राई, प्रदीप शेर्पा अनि शरण मुस्कानद्वारा कविता पठन गरियो। कार्यक्रमलाई थप मनोरम तुल्याउँदै घूम जोरबंगलो महाविद्यालयका विद्यार्थीहरूद्वारा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरियो।

कार्यक्रमको लोकार्पण सत्रको क्षणमा सर्वप्रथम युवा गजलगो, कवि सञ्जोग खवासले कथाकार महेश दाहालले आफ्नो लेखन थालनी आरम्भ गरेका क्षण अनि कसरी साहित्यिक परिवेशमा आफ्नो स्थान सुरक्षित राख्दै गए यसमाथि आफ्नो मन्तव्य राखे। यसपछि उपस्थित अतिथिहरूको बाहुलीबाट कथाकृति अचल कुहिरोको विधिवत लोकार्पण गरियो। अचल कुहिरोभित्र भएका भाषाशैली, काव्य व्यञ्जनामाथि साहित्यकार अबीर खालिङले आफ्नो वार्ता प्रस्तुत राखेपछि कृतिकार तथा कथाकार महेश दाहालले आफ्नो कृति सफलतापूर्वक पाठकसमक्ष आइपुग्नमा सहयोग र प्रेरणा प्रदान गर्ने विशिष्टहरूप्रति आफ्नो आभार प्रकट क्रमलाई राखे। साहित्यिक अनि सासांगीतिक परिवेशको क्षणको मध्यमा हालै युवा साहित्य अकादेमी पुरस्कारद्वारा सम्मानित युवा कवि कर्ण विरहलाई घूम जोरबंगलो महाविद्यालय अनि मिरभ प्रकाशनको पक्षमा प्राध्यापक मिलन तामाङ अनि कवि जीवन बान्तवाको बाहुलीबाट सम्मान प्रदान गरियो।

यसपछि युवा गायक, गजलगो, संगीत संयोजक, रेकडिस्ट सौरभ मधुर राईको एक गायन प्रस्तुत गरियो। जुन गायन प्रस्तुतिमा गायक राईले आफ्ना शब्दकारहरू सबैलाई मन्चमा ल्याएर परिचयको आदान प्रदान गर्दै गीत, गजल प्रस्तुत गरे भने गायक राईको यस सांगीतिक मनोरम क्षणमा वाद्य वादनमा साथ दिने संगतहरूमा सुमन लामिछाने, प्रशान्त खवास, रोयल खाती आदिको उपस्थिति रहेको थियो सांगीतिक अनि साहित्यिक मञ्चको कार्यक्रमपछि कार्यक्रममा उपस्थित प्रमुख अतिथि मनप्रसाद सुब्बाले आफ्नो सारगर्भित वक्तव्य प्रस्तुत गरेपछि आयोजकको पक्षमा उष्णम छेत्रीले आफ्नो धन्यवाद ज्ञापन प्रस्तुत गरे। कार्यक्रमको अन्त्यमा प्राध्यापक डा.मिलन तामाङले आफ्नो समापन अध्यक्षीय सम्बोधन राख्दै सबैप्रति आभार प्रकट गरेपछि कार्यक्रम समापनको घोषणा गरे।

Related Posts

leave a comment

Create Account



Log In Your Account