टाइगर हिल अभियान 100% सफलः बतासे प्रशासनले टेरेन

टाइगर हिल अभियान 100% सफलः बतासे प्रशासनले टेरेन

प्रतिविम्ब न्यूज

दार्जीलिङ, 1 सितम्बर

दार्जीलिङ ट्राफिक पुलिसले आजदेखि शुरू गरिएको टाइगर हिल अभियान सय प्रतिशत सफल भएको दावी गरेको छ भने बतासे प्रशासनले ट्राफिक पुलिसको अनुरोधलाई नटेरेको पनि गुनासो पोखेको छ। आजदेखि सूर्योदय हेर्ने समयमा केवल 300 वटा गाडीलाई मात्रै टाइगर हिल जान दिने ट्राफिक पुलिसले निय्म बनाएको थिये। फलस्वरूप आज प्रथम दिन केवल 24 वटा गाडी मात्रै टाइगर हिल जान सके भने 107 वटा गाडीलाई पुलिसले फर्काइदिएको थियो।

एचडी लामा रोड

दार्जीलिङ टाउन डीएसपी सोमनाथ शाहले आजदेखि शुरू गरिएको टाइगर हिल अभियान सय प्रतिशत सफल भएको बताउँदै एचडी लामा रोडमा गाडी कुदाउने कार्यको लागि अझै 10-15 दिनको समय लाग्ने बताए। उनले भने-एचडी लामा रोडमा धेरै फूटपाथ व्यवसायीहरू छन्, यसैले यहाँ गाडी चलाउनअघि उनीहरूसित बसेर समाधान सूत्र निकाल्ने योजना बनाइएको छ। यसैले आजदेखि नै यहाँ गाडी नचलाइएको हो।

तरै पनि आजदेखि ठूला गाडीहरूलाई दिनभरिको लागि दार्जीलिङ शहरभित्र प्रवेश गर्न नदिने निर्णय, पीडब्लुडी कार पार्किङबाट पर्यटकहरूलाई पैदलै जू अनि एचएमआई पठाउऩे निर्णय पनि लागू भएको छ र यो पनि पूर्णरूपले सफल भयो। उनले भने-बतासे प्रशासनले हामीलाई कुनै सहयोग प्रदान गरेन, यसैले अब बतासे नजिकका मूल सडक किनारतिर पनि कुनै गाडी पार्क गरेर राख्न दिइने छैन।

यसका साथै आजदेखि टाइगर हिलबाट दार्जीलिङ फर्किएर आउने गाडीहरूलाई पनि जोरबङ्लोबाट गान्धी रोड भएर पठाइएको पनि उऩले जानकारी गराए। स्मरण गराइन्छ, विशेष टाइगर हिल गएका पर्यटकहरू दार्जीलिङ शहर फर्किंदा गाडी चालकहरूले केही समय बतासेमा गाडी रोक्छन् अनि त्यहाँ पर्यटकहरू घुम्ने गर्छन्। तर ती पर्यटकहरूलाई सोझै गान्धी रोड भएर दार्जीलिङ फर्काइए, बतासेको लागि फेरि पर्यटकहरूले अलगै समय निकाल्न पर्ने हुन्छ।

यसैकारण पनि आज बिहान लगभग 10 बजी बतासे परिसरमा गाडीको कुनै जाम भएन। पुलिस डीएसपी शाहले भने-बतासे प्रशासनले यहाँबाट पैसा कमाइरहेको छ, तर यहाँ पर्यटक ल्याएर आउने गाडीहरूको लागि एउटा पनि गाडी राख्ने व्यवस्था गरिदिएको छैन। यसैले बतासेको कारण ट्राफिक जाम हुँदा साधारण जनताले असुविधा भोग्न परिरहेका छन्। यसैले अब बतासे प्रशासनले पनि आफ्नै कार पार्किङ बनाएको राम्रो हुनेछ, किनभने बतासेमा प्रशस्त जमीन छ। दार्जीलिङ सदर ट्राफिक पुलिसले आजदेखि केवल 300 गाडीलाई मात्रै टाइगर हिल जान दिने शुरू गरेको अभियानलाई गोर्खा एकता चालक संगठनले स्वागत जनाएको छ र यो दार्जीलिङको लागि राम्रै निर्णय हो भन्ने बताएको छ।

तर हामीले यसो भन्दा हामी पुलिससित मिल्यो भन्ने आरोप पनि लाग्दैछ भन्दै संघका प्रवक्ता भरत तिरूवाले भने-आधा-अधुरो कुरा सुन्नेहरूले नै दार्जीलिङ ट्राफिक पुलिसको निर्णयलाई विरोध गरिरहेका छन्। किनभने, अहिलेको समय पनि सूर्योदय हेर्न टाइगर हिल जाने लगभग 40 प्रतिशत पर्यटक टाइगर हिल पुग्नै सक्तैनन्। उनीहरूलाई गाडी चालकहरूले आधा बाटोबाटै सूर्योदयको दृश्य देखाउने गरेका छन्। यसैले दैनिक 300 वटा गाडीलाई मात्रै टाइगर हिल जाने निर्णयको विरोध किन गर्नु? उनले प्रश्‍न गरे। संघले ठूला गाडीहरूलाई दिनको समय शहरमा प्रवेश गर्न नदिने विषयलाई पनि राम्रै हो भनेको छ। यसका साथै संघले विशेष पर्यटन मौसमको समय लगभग 2 महीना सिलगढी तथा त्यतातिरबाट आएका गाडीहरूलाई जलपहाडको बाटो भएर दार्जीलिङ आउन दिनुपर्ने माग पनि राखेको छ।

Related Posts

leave a comment

Create Account



Log In Your Account