ताजा खबर :

टाइगर हिल गएका 107 गाडी फर्काइयो

टाइगर हिल गएका 107 गाडी फर्काइयो

प्रतिविम्ब न्यूज

दार्जीलिङ, 1 सितम्बर।

आज केवल 24 वटा गाडी मात्रै टाइगर हिल जान सफल भए। यसबाहेक 107 वटा गाडीलाई जोरबङ्लोबाटै फर्काइएको दार्जीलिङ सदर ट्राफिक पुलिसले जानकारी गराएको छ। टाइगर हिल जानको लागि 24 वटा गाडीले हिजो नै कुपन लिएका थिए भने उनीहरूले आज जोरबङ्लोदेखि टाइगर हिल जाने मुखैमा तैनाथ पुलिस अधिकारीहरूलाई कुपन देखाएपछि टाइगर हिल जाने अनुमति पाए भने 107 वटा गाडीले कुपन नलिएको कारण विशेष सूर्योदयको दृश्य हेर्ने समयमा उऩीहरूलाई टाइगर हिलतिर प्रवेश गर्ने अनुमति नै प्रदान गरिएन।

पर्यटकहरू लिएर टाइगर हिल जाने गाडीहरूको लागि आजदेखि दार्जीलिङ ट्राफिक पुलिसले नयाँ नियम लागू गरेको छ अनि त्यसै नयाँ नियमअनुसार, सूर्योदय हेर्ने समयमा पर्यटक लिएर टाइगर हिल जान चाहने यात्रीवाहक गाडीहरूले एक दिनअघि नै ट्राफिक पुलिसबाट कुपन लिन पर्नेछ। जसअनुसार, हिजो रातीसम्म 24 वटा गाडीले कुपन लिएका थिए भने आज ती गाडीहरूलाई मात्रै बिहानीपख टाइगर हिल जाने अनुमति प्रदान गरियो। आज बिहान शुरू गरिएको नाका चेकिङको अवसरमा ट्राफिक डीएसपी, जोरबङ्लो थाना प्रभारी पनि तैनाथ थिए।

यसरी नै आजदेखि बतासे लुप पनि बिहान 10 बजीदेखि मात्रै खोल्न शुरू गरियो। यद्यपि, बतासे प्रशासनले पुलिसको निर्देशलाई पत्तो दिएन अनि आज बिहान 5 बजी नै बतासे लुपको ढोका खोलेको जानकारी पाइएको छ। तर यसको ठीक विपरीत दार्जीलिङ ट्राफिक पुलिसले आजदेखि नै लागू गर्ने भनेको एचडी लामा रोडमा गाडी चलाउने योजना भने शुरू नै गरिएन। यद्यपि, एचडी लामा रोडको फूटपाथमा दोकान थाप्नेहरूको मन भने केही हुनसक्छ भन्ने डरले बास गरिरहेको थियो। तर बिहान 9 बजीसम्म पनि यहाँ गाडी चलाउने काम शुरू नगरिएपछि फूटपाथ दोकानदारहरू आ-आफ्नो स्थानमा आए अनि सधैं झै दोकान थापेर आफ्नो व्यवसाय शुरू गरे।

यसबारे केही दोकानदारहरूसित प्रश्‍न गर्दा उनीहरूले भने-यो रोड दार्जीलिङ शहरको एउटा अति व्यस्त रोड हो। यहाँ गाडी नचल्दा नै मानिसहरू एकार्कामा ठोक्किने गर्छन् भने गाडी चलाए यहाँ दैनिकरूपमा नै दुर्घट्ना हुनेछ। दार्जीलिङका धेरैवटा स्कूलका विद्यार्थीहरूको हिँड्ने मूल सडक पनि यहीं हो। यसैले यहाँ गाडी नचलाएकै उचित हुनेछ। यदि यहाँ गाडी चलाइए यहाँ वर्षौंदेखि दोकान थापेर जीवन धान्ने सयौं दोकानदारहरू पनि बेरोजगार बन्नेछन्। यसैले उनीहरूको स्थितिलाई बुझेर पनि दार्जीलिङ पुलिसले यहाँ गाडी नकुदाइदिएको राम्रो हुनेछ, फूटपाथ व्य्वसायी वा हकरहरूको माग अनि अनुरोध छ। यसका साथै आज एचडी लामा रोडमा गाडी नकुदाइ दिएकोमा यहाँका फूटपाथ व्यवसायीहरूले पुलिसलाई धन्यवाद पनि दिएका छन्।

स्मरण रहोस्, दार्जीलिङ पुलिसले गत 24 अगस्तको दिन स्थानीय चौरास्तामा एक चर्चा सभाको आयोजना गरेर 1 सितम्बरदेखि ट्राफिक समस्या समाधान गर्नको लागि केही कठोर पदक्षेप ग्रहण गर्ने घोषणा गरेको थियो। जसमध्ये आजदेखि मुख्यरूपले 7 वटा विषय वा निर्णय लागू गर्ने भएको थियो। जसमध्ये एउटा हो टाइगर हिलमा 300 वटा मात्रै गाडी जान दिने, ती गाडीहरूले एक दिनअघि नै कुपन लिनपर्ने, एचडी लामा रोडमा गाडी चलाउऩे, ठूला गाडीहरूलाई दिनभरि शहरभित्र पस्न नदिने, पीडब्लुडी कार पार्किङबाट जू-एचएमआई जाने पर्यटकहरूलाई पैदल नै पठाउनुपर्ने, अप्पर-लोअर चित्रे साथै तेञ्जिङ रक परिसरमा रहेका दोकानहरूअघि गाडी पार्क गरेर राख्न नपाइने जस्ता निर्णयहरू सामेल छन्।

Related Posts

leave a comment

Create Account



Log In Your Account