ताजा खबर :

खभाहिस लप्चु शाखा द्वारा बुजुर्गहरुलाई सम्मान जनाईयो

खभाहिस लप्चु शाखा द्वारा बुजुर्गहरुलाई सम्मान जनाईयो

रिमल मोक्तान

पेशोक २५ अगस्त।

खस भारतीय हितकारी सम्मेलन, लप्चु चियाबारी शाखा द्वारा लप्चु चियाबारी शाखा भित्र रहेका बुजुर्गहरुलाई एज विशेष सभा संगै सम्बर्धना जनाईएको शाखाको पक्षमा प्रकाश छेत्रीले जानकारी दिएका छन् ।

लप्चुचियाबारीको भीरकुना स्थित समाज भवनको प्रांगणमा आयोजित खभाहिसको एक बिशेअष सभा आयोजन गरिएको थियो भने सभा पश्चात् चियाबारी भित्रका ती बुजुर्गहरु को 80 बर्ष भन्दा ज्यादा उमेर भएका छन् उनीहरुलाई आज खभाहिस लप्चु शाखा द्वारा सस्म्मान संगै सम्बर्धना जनाईएको बताइएको छ। प्राप्त जान्कारी अनुसार क्षेत्रका यी बजुर्गहरुलाई उनीहरुले समाज प्रति गरेका अतुलनीय योगदान अनि सेवाको कदर गर्दै सम्मान गरिएको हो साथै करीब एघार जना वृद्ध वृद्धाहरुलाई खदा,अंग बस्त्र ओढाएर सम्मान जनाउदै उनीहरुको आशिर्वाद सदा रही रहोस् भन्दै दीर्घायुको कामना पनि गरिएको जनाईएको छ् ।

प्रकाश छेत्रीद्वारा सञ्चालन गरिएको उक्त सम्बर्द्धना कार्यक्रममा शाखा सचिव मनोज कटुवाल लगायत अन्यहरुले सम्बोधन गरेका थिए भने कार्यक्रम संचालन गर्दै संचालक छेत्रीले आज आयोजित सम्बर्धनाको औचित्य अनि उद्देश्य बारे प्रकाश पारे। कार्यक्रम खभाहिसका सभापति प्रदीप छेत्रीकै अध्यक्षतामा सम्पन्न भएको थियो भने ल्प्चुचियाबारी शाखा भित्रका सम्मेलनका सद्ष्यहरु, आम मानिसहरु र अन्यहरुको व्यापक भीड रहेको थियो भनी सम्मेलनको पक्षमा प्रकाश छेत्रीले थप जानकारी दिए।

Related Posts

leave a comment

Create Account



Log In Your Account