ताजा खबर :

ज्यानको जोखिम छ पूल तर्न : विभागले बनाइदिने आशामा जोखिमता झेलिरहेछन् मानिसहरू

ज्यानको जोखिम छ पूल तर्न : विभागले बनाइदिने आशामा जोखिमता झेलिरहेछन् मानिसहरू

प्रतिविम्ब न्यूज

खरसाङ 24 अगस्त।

सोनादादेखि 14 किलोमीटरमुनि बालासन खोलामा बनिएको इन्टेकको ब्रिटिशकालीन पुल जीर्ण भएकोले निकै जोखिमपूर्ण भएको छ। यो झोलङे पुलमा दुर्घटना हुने सम्भावना देखिएको छ। यही पुल भएर मलट, नागरी, धजे, पुल बजार भएर मानिसहरू सोनादा क्षेत्रतिर आउनुपर्छ भने वारिपट्टि सिडर्स, मुण्डा, बाँसघारी लगायत सोनादाको विभिन्न क्षेत्रहरूका मानिसहरू यताबाट उता र उताबाट यता ओहोर दोहोर गर्नुपर्छ ।बालासनको यही पुल तरेर मलट, नागरी, धजे, पुलबजार आदि क्षेत्रका मानिसहरू सोनादासम्म आउने गर्छन् भने यस क्षेत्रका विद्यार्थीहरू पनि यसै पुल तरेर सोनादातिर पढ़्नु पनि आउने गर्छन् । तर वर्तमानमा यो पुलमा बनिएको अघिल्लो भाग मात्र होइन काठ पातहरू पनि भत्केर जीर्ण बनिसकेको छ। काठहरू सबै मक्किएको कारण पुलमा एकपल्टमा एकजना मात्र हिँड़्न दिइएको छ। यस पुलको जीर्णावस्थाको कारणले सबै गाउँवासीहरू बालासन खोला तरेर नै जानु पर्ने बाध्यता छ ।

जीर्ण पूलको भर नभएपछि यसरी खोला तर्नुपर्ने स्थिति

यस क्षेत्रका विद्यार्थीहरू पनि जोखिम उठाएर खोला तरेर नै जाने गरेका छन् । यस वर्ष बनभोजको समयमा सोनादा पुलिसद्वारा वनभोज खेल्ने र ओहोर दोहोर गर्नेहरू दुर्घटना हुनसक्ने डरले सुरक्षा व्यवस्था पनि गरिएको थियो। खोलापारि र खोलावारि पर्ने गाउँहरू जोड़्ने एक मात्र पुल पनि जीर्णावस्थामा पुगेपछि सुरूक्षाको लागि पुलिस प्रशासनद्वारा पुलबाट खोला तर्नु बन्द गरिएको थियो । पुल बन्द भएपछि वारि पारिका मानिसहरूलाई लामो बाटो भएर ओहोर दोहोर गर्न निक्कै असुविधा भईरहेको स्थानीयहरूले बताइएका छन् । यो ब्रिटिशकालीन समयमा नै बनिएको थियो भने सन् 1972 मा मरमत्ति भएपछि फेरि गरिएको छैन। उक्त पुलमा नै पत्रकारहरू पुगेर स्थानीयहरूसित बातचीत गर्दा धेरै गुनासोहरू पोखाएका छन् । यसबारेमा पुल जीर्ण अवस्थामा पुगेकोले खोला तरेर नै सोनादा पुगेर कलेज पढ़्ने विद्यार्थी अमन थापाले बताए अनुसार हामी यस क्षेत्रका विद्यार्थीहरू पुलको जीर्णावस्था रहेकोले जोखिम उठाएर खोला तरेर नै गईरहेको र खोला तर्नु डरसरि भए पनि जानु नै पर्ने वाध्यता रहेको बताए । उनले खोला तर्दा कोहीबेला सामानहरू बगाउने, किताबहरू बगाउने गर्ने गरेको पनि बताए ।

त्यसरी नै बाँसघारीबाट आएका स्थानीय संगम सुनुवारले पत्रकारहरूसित बोल्दै यो पुलको मरमत्ति भएको 15-20 वर्ष भईसकेको र अहिले निक्कै जीर्ण अवस्थामा पुगेकोले यस पुलबाट हिँड़न धेरै असुविधा भईरहेको तर पेटपालाको लागि हामी यही पुल तरेर काम गर्न जानुपर्छ भनी बताएका छन् ।उनले यो पुलले मलट, पुलबजार, धजे, नागरी अनि सिडर्स, मुण्डा, बाँसघारी लगायत सोनादा क्षेत्रका विभिन्न स्थानहरूलाई जोड़ने काम गरेको तर हालमा यो पुल निक्कै जीर्ण अवस्थामा पुगेको पनि बताए । त्यसरी नै यो इन्टेकको पुल नजिक काम गरिरहेका चिया श्रमिकहरुमध्ये एकजना रेबिका प्रधानले यो पुल जीर्ण अवस्थामा पुगेकोले साना विद्यार्थीहरूलाई खोला तरेर जानु निक्कै असुविधा भईरहेको बताएका छन् । त्यसरी नै यही पुलको दुईपट्टि पक्रेर तरिरहेका स्थानीयहरूले बताए अनुसार 5-6 वटा गाउँहरूलाई जोड़ने एउटै पुल पनि जीर्णावस्थामा रहेको कारण स्थानीय मानिसहरूलाई धेरै असुविधा भईरहेको साथै पेटपालाको लागि मानिसहरू जोखिम उठाएर पनि यही पुल तरेर जानुपर्ने वाध्यता रहेको पनि बताएका छन् । यही पुलको निरीक्षण गर्न जीटीए चेयरम्यान अनित थापा केही दिन अघि इन्टेक पुगेका थिए । जीटीए चेयरम्यान अनित थापाको यो निरीक्षणले गर्दा स्थानीयहरूले पुल मरमत्ति कि त नयाँ पुल निर्माण हुनसक्ने आशा पालेर बसेका छन् ।
यसै सन्द्रर्भमा पत्रकारहरूले सोधेको प्रश्नको जवाबमा सोनादा पचेङ समष्टीको पूर्व सभासद महेन्द्र प्रधानले जीटीएको पहलमा र जीटीए बिओए चेयरम्यान अनित थापाको निर्देशनमा यहाँ चाढ़ै पुल निर्माण गरिने र यसको लागि माटोको परीक्षण पनि शुरु भईरहेको बताएका छन् । उनले यहाँ पुल निर्माण हु़न सके स्थानीय धेरैवटा गाउँका मानिसहरूलाई सुविधा हुनसक्छ भनी बताएका छन् ।

Related Posts

leave a comment

Create Account



Log In Your Account