जीटीए अभियन्ताहरूद्वारा बालुबास पूलको निरीक्षण भ्रमण

जीटीए अभियन्ताहरूद्वारा बालुबास पूलको निरीक्षण भ्रमण

प्रतिविम्ब न्यूज

दार्जीलिङ 23 अगस्त।

सिङताम अनि चुङथुङ बिजनबारी एवं वरिपरिका ग्रामीण भेकहरूलाई जोड़्ने ऐतिहासिक बालुबाँस पूल निर्माणको निम्ति आज जीटीएका विभागीय अभियन्ताहरूले निरीक्षण भ्रमण गरेका छन्। गत केही दिनअघिमात्र उत्तर बगं उन्नयन पर्षदका अध्यक्ष अमरसिहँ राईले जीर्ण अवस्थामा रहेको बालबास पूलको निरीक्षण भ्रमण गरी एनबीडीडीमार्फत् नयाँ निर्माण गर्ने घोषणा गरेका थिए। अध्यक्ष अमर सिहँ राईले घोषणा गरेको महीना दिन पनि नबिती जीटीएका अभियन्ताहरूले निरीक्षण भ्रमण गरी निर्माणकार्यको निम्ति नापजोख तथा आवश्यक जानकारीहरू लिने काम गरेका छन्।

मुख्यरूपले सिङताम अनि चुङथुङ बिजनबारी आदिक्षेत्रका मानिसहरूको निम्ति उक्त पूल अति नै महत्वपूर्ण रहेको उक्त पूलको निर्माण हुने आशा पलाएपछि स्थानीय वासिन्दाहरूले हर्ष प्रकट गरेका छन् भने एनबीडीडी अध्यक्ष अमरसिहँ राईसितै जीटीए अध्यक्ष अनित थापाप्रति  पनि आभार पनि व्यक्त गरेका छन्। स्थानीय जनसादारणहरूको पक्षमा गोजमुमो केन्द्रिय नेता तारामणि राईले एनबीडीडी अध्यक्ष अमरसिहँ राईको भ्रमणपछि जीटीएको तर्फबाट उक्त पूलको आधिकारीकरूपमा निरीक्षण गरिएकोले उक्त पूलले नयाँ स्वरूप पाउने तथा स्थानीय मानिसहरूको लामो समयदेखिको समस्या पनि समाधान भएर जाने आशा व्यक्त गरे। गत केही दिनअघि एनबीडीडी अध्यक्ष अमरसिहँ राईले उक्त पूलको निरीक्षण भ्रमण गरेका थिए। यसपछि आज जीटीएका अभियन्ताहरूले भ्रमण गरेका छन्। यसको निम्ति हामी एनबीडीडी अध्यक्ष अमरसिहँ राई अनि जीटीए अध्यक्ष अनित थापालाई हार्दिक आभार व्यक्त गर्दछौं, राईले भने।

यो दार्जीलिङ पहाड़को एउटा ऐतिहासिक धरोहर जस्तो पनि जसको सरक्षंण गरिन अति नै आवश्यक रहेको छ। यसबाहेक चुङथुङ, सिङतामलगायत वरिपरिका क्षेत्रहरूका विद्यार्थी अनि ग्रामवासीहरूको निम्ति पनि यो पूलको अति महत्व रहेको छ। तथापि हालमा यो पूल अति नै जीर्ण अवस्थामा रहेको कारणले यसको पुननिर्माण गरिन आवश्यक रहेको छ भने जीटीएका अभियन्ताहरूले उक्त पूलको निरीक्षण भ्रमण गरेपछि अब उक्त पूलले काँचुली फेर्ने आशा गरिदैछ।

 

Related Posts

leave a comment

Create Account



Log In Your Account