खरसाङमा गोरामुमोद्वारा नागरिकता दिवस पालन

खरसाङमा गोरामुमोद्वारा नागरिकता दिवस पालन

प्रतिविम्ब न्यूज

खरसाङ  23 अगस्त।

पहाड़को राजनैतिक समस्या समाधानको लागि जीटीए रद्द गर्नुपर्छ, जीटीए कसले भित्राएको हो, जीटीएले पहाड़को राजनैतिक समस्या समाधान हुन सक्दैन, जसले जीटीए भित्राएको हो र जसले जीटीएमा हस्ताक्षर गरेका थिए उनीहरूले किन कलकत्ता र दिल्लीलाई पत्रचार गर्दैन, किन अहिलेसम्म सासंदले केन्द्रलाई पत्रचार गर्दैन, यो प्रश्न बिमल गुरुङ खेमालाई पनि छ भनी गोरामुमोद्वारा खरसाङमा आयोजित नागरिकता दिवस समारोहमा प्रमुख अतिथिको रूपमा बोल्दै गोरामुमोको शीर्ष नेता महेन्द्र छेत्रीले बताए । उनले आफ्नो सम्बोधनमा जीटीए असंवैधानिक व्यवस्था हो भने भारत सरकार पनि बोल्नुपर्छ ,यो नै गोरामुमोको टेक हो भनी बताउँदै 105 दिने आन्दोलनमा हामी सबैले यहाँको स्थायी राजनैतिक समस्या समाधानको लागि सहयोग गरेका हौं, यो कुरा भारतको कुनै पनि पार्टी र कुनै सांसदहरूले पनि एक शब्द बोल्दैन, किन एक शब्द सांसदमा कुरा उठाएन भनी बताएका छन् ।

उनले कश्मीरको कुरा हुनसाथ त्यहाँ इन्टरनेट व्यवस्था बन्द हुँदा सबै बोल्यो तर यहाँ 13 जना समेत शहीद हुँदा पनि देशको कुनै राजनैतिक दल र कुनै सांसदले पनि बोलेन । गोर्खाहरूमाथि राष्ट्रिय पार्टीको हेराई के छ त्यो राष्ट्रिय पार्टी र भाजपाले आफ्नो अड़ान स्पष्ट पार्नुपर्छ । विशेषगरी गोर्खाहरुमाथि भाजपाको सोचाई के छ त्यो स्पष्ट पार्नुपर्छ भनी बताएका छन् । महेन्द्र छेत्रीले अघि भने – “गोरामुमो पार्टीलाई पनि डर छ कि कतै बिमलपन्थीले पनि जीटीएको चौकीमा नै राल चुहाएको त छैन, उनीहरूले पनि छात्तीमा हात राखेर स्पष्ट गर्नुपर्छ। हामीले सांसदलाई जिताएको कारण पनि पहाड़को स्थायी राजनैतिक समाधानको लागि हो। यसपालीको भोटमा जीतको अन्तर हेरेर जनता जीटीएको पक्षमा छैन भनी बुझिएको छ । हामी चाहान्छौं कि जीटीए खारेज हुने प्रोसेस शुरु गरिनुपर्ने । गोरामुमोले अब जीटीए रद्द गर्ने मांगमा खण्ड विकास अधिकारी, महकुमा शासकलाई पनि ज्ञापन दिने काम गरिने तथा त्यो पनि नभए मौन जुलुस निकाल्नेछौं।”

आज खरसाङमा गोरामुमोले नागरिकता दिवस यहाँको जीडीएनएस भवनमा गोरामुमो खरसाङ ब्राञ्च कमिटीको सभापति निमा लामाको अध्यक्षता र महेन्द्र छेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भयो । समारोहमा गोरामुमो खरसाङ ब्राञ्च कमिटीको उपाध्यक्ष जेबी गुरुङ, एचपीडब्ल्युयुको सचिव बीके राईले पनि सम्बोधन गरेका थिए । गोरामुमो खरसाङ ब्राञ्च कमिटीको प्रचार प्रसार सचिव भुपेन गुरुङले सञ्चालन गरेको सभामा स्वागत सम्भाषण जीएनडब्ल्युओ खरसाङ महकुमाको सभापति कमला राईले राखेका थिए । यो समारोह अघि गोरामुमोद्वारा खरसाङको बस टर्मिनसदेखि एउटा शान्ति जुलुस निकाली खरसाङ बजार परिक्रमा गर्दै मोटर स्ट्याण्ट भएर जीडीएनएस भवनमा पुगेर नागरिकता दिवस समारोहमा परिणत भएको थियो ।

Related Posts

leave a comment

Create Account



Log In Your Account