ताजा खबर :

खरसाङमा भाषा मान्यता दिवस समारोह सम्पन्न : भाषा दिवस हामीले उत्सव जस्तै मनाउनुपर्छ – अनित थापा

खरसाङमा भाषा मान्यता दिवस समारोह सम्पन्न : भाषा दिवस हामीले उत्सव जस्तै मनाउनुपर्छ – अनित थापा

प्रतिविम्ब न्यूज

खरसाङ  20 अगस्त।

नेपाली भाषाले भारतको संविधानको आठौं अनुसूचीमा मान्यता प्राप्त भएको 27 औं भाषा मान्यता दिवस साथै शैक्षिक पुरस्कार अलंकरण समारोह खरसाङमा सम्पन्न भयो । गोर्खा जनपुस्तकालयको आयोजनामा यहाँको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा सम्पन्न भाषा मान्यता दिवस समारोह पुस्ताकालयको अध्यक्ष पूर्ण गुरूङ निरूपमको अध्यक्षता अनि जीटीए चेयरम्यान अनित थापाको प्रमुख आतिथ्यमा सम्पन्न भयो । ऋषि राईले सञ्चालन गरेको सभामा विभिन्न सांस्कृतिक कार्यक्रम पनि सम्पन्न गरियो । अतिथिहरूको बाहुलीबाट धुप द्वीप प्रज्वलन गरी थालिएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वरिष्ठ साहित्यकार डा जस योञ्जन प्यासी, खरसाङको विधायक डा रोहित शर्मा, जीटीए बीओए सदस्याद्वय अनु प्रधान र जैतुन निशा, खरसाङ नगरपालिकाको उपाध्यक्ष ब्रिगेन गुरूङ लगायत अन्यहरू उपस्थित रहेका थिए। कार्यक्रममा

प्रमुख अतिथि जीटीए चेयरम्यान अनित थापाले सम्बोधन गर्दै भाषा दिवस मनाउन विद्यार्थीहरू नआएको भए हामी 8-9 जना मात्र हुने थियौं होला । भाषाले मान्यता पाउँदा निक्कै संघर्ष गर्नु परेको थियो । पाएको पहिलो वर्ष धुमधामले मनाऔं होला तर अहिले छैन्।भाषा मान्यता दिवस हामीले फेस्टीबल जस्तै मनाउनुपर्छ अनि एक दिन मात्रै होइन तर हरेक दिन भाषालाई संरक्षण गर्नुपर्छ, भाषा मान्यता दिवस साहित्यकारहरू मात्रै भेला भएर होइन तर सबै मानिसहरू मिलेर मनाउनुपर्छ भनी बताएका छन् । जीटीए चेयरम्यान अनित थापाले अघि भने -“अहिले नेपाली माध्यमको स्कूल भेट्दा पनि पाउँदैनौं, तर हामी गोर्खा भनेर गर्व गर्छौं, हाम्रो भाषालाई अघि लान हामी सबै मिलेर काम गर्न जरुरी छ । अहिले त सामाजिक सञ्जालको जमाना छ, त्यसैले हामीले हाम्रो भाषाको प्रचार प्रसार सामाजिक सञ्चालतिर पनि गर्नुपर्छ । भाषाको मान्यता सरकारले दिएको छ तर हामी लिनेले पनि सही तरिकाले लिएर कार्य गर्नुपर्छ । आगामी दिनमा गोर्खा जनपुस्तकालयले भाषा मान्यता दिवस आउन तीन महिना अघि नै यहाँको सामाजिक संघ संस्थाहरूलाई लिएर एउटा कमिटी गठन गरी भाषा मान्यता दिवस धुमधामले पालन गर्नुपर्छ।”

Related Posts

leave a comment

Create Account



Log In Your Account