ताजा खबर :

गोरामुमोले नागरिकता दिवस मनाउने

गोरामुमोले नागरिकता दिवस मनाउने

प्रतिविम्ब न्यूज

खरसाङ 19 अगस्त।

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च समितिको जरूरी सभा गोर्खा जन पुस्तकालयमा ब्राञ्च अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न भयो। सभामा आगमी २३अगष्ट २०१९को दिन गोर्खा नागरिकता दिवस भव्यरूपमा पालन गर्ने निर्णय लिन्दै उक्त दिन बिहान ९ बजे पार्टीका समर्थकहरू खरसाङ बस बिसाउनीमा भेला भएर प्लाकार्डहरूमा स्थायी राजनैतिक समाधानको पहल चाड़ै गर्नु पर्छ, जीटीए खारेज गर्नु पर्छ भन्ने नाराहरू हातमा लिएर मौन जुलुस गर्ने र मौन जुलुस खरसाङ शहर परीक्रमा गरेर जिडीएनएस भवनमा पुगी सभा औ नाचगानको कार्यक्रम गरेर नागरिकता दिवस पालन गर्ने निर्णय लिइएको छ।

यसै सभामा पार्टीलाई अझैं सुव्यवस्थित ढंगमा बिस्तार गरेर लाने रणनीतिहरू पनि तयार पार्ने कार्य गरिएको साथै करबीर शाखाबाट बिनय पन्थी गोजमुमोबाट गोरामुमोमा समर्थन गरेर आउने ४५ जना सदस्यहरुलाई स्वागत पनि गरिएको छ । सभामा एचपीडब्लुयु बिषय गहन चर्चा गरिएको छ। सभामा खरसाङ नगरपालिकाको अनियमिततामाथि लिएको टेकलाई अब अझैं कड़ारूपमा कदम उठाउने निर्णय पनि लिइयो । हिज मात्र बीओए चेयरम्यान अनित थापाले दिएको वक्तव्य गोर्खाल्याण्ड आन्दोलनमा गोली चलाउने बंगाल होइन केन्द्र हो भन्नेले अनित थापा एवं गोजमुमो २ बंगालको ऐजेण्ट रहेको प्रमाणित गर्छ कारण आन्दोलनमा सीआरपीले बंगालको निर्देशमा गोली चलाएर हाम्रा गोर्खे सपुतहरुको हत्या गरेको हो ।

आज अनित थापाहरूलाई बंगालवादी भाषा बोल्ने बाध्यता किन आयो त भन्दा उत्तर सोझै छ यिनीहरुले गोर्खाजातिको हित चाहँदैन ,यिनीहरु बंगालको नासो भएको छ भन्दै वक्ताहरुले आगमी दिनको नागरिकता दिवसमा भारी मात्रामा समर्थकहरू सहभागी भइदिने आव्हान गरे । बर्तमानमा पार्टी निकै राम्रो स्थितिमा छ र सर्मथकहरू सुर्ताउनु पर्दैन राजनीतिमा आउने र जाने क्रम लागिनै रहन्छ र अब २३ अगष्टलाई भव्यताको साथ सफल बनाउने अनि जातिको उन्मुक्तिको निम्ति सबै सबैलाई अघि आएर गोरामुमोलाई सहयोग र समर्थन गरीदिने आव्हान् गरेको बिज्ञप्तिमा प्रचार प्रसार सचिव भूपेन्द्र गुरुङले जानकारी दिएका छन् ।

Related Posts

leave a comment

Create Account



Log In Your Account