ताजा खबर :

सिटोङ क्षेत्रको सड़को दयनीय अवस्थाले ग्रामीण पर्यटन व्यवसाय क्षेत्रमा असर

सिटोङ क्षेत्रको सड़को दयनीय अवस्थाले ग्रामीण पर्यटन व्यवसाय क्षेत्रमा असर

प्रतिविम्ब न्यूज

खरसाङ 19 अगस्त।

दार्जीलिङ पहाड़को ग्रामीण पर्यटनको क्षेत्रमा सिटोङले धेरै उन्नति गरेर लगिरहेको छ । यहाँ दैनिक धेरै पर्यटकहरू भित्रने गर्छन् । तर हालमा बाटोको खराब अवस्थाले गर्दा ग्रामीण पर्यटन व्यवसायमा निक्कै असुविधा भईरहेको बताइएको छ । सिटोङमा धेरै पर्यटकहरू सिलगढ़ी, खरसाङ, मंग्पु दार्जीलिङको बाटो भएर आउने गर्छन् अनि वर्तमान समयमा बाटोले गर्दा पर्यटकहरूलाई निक्कै असुविधा भईरहेको यहाँको ग्रामीण पर्यटन व्यवसाय क्षेत्रमा लागिपरेका उद्यमीहरू बताउँछन् । सिटोङबाट दैनिक गाड़ीहरू खरसाङ, दार्जीलिङ, सिलगढ़ी, मंग्पुतिर जाने गर्छन् तर बाटोको खराब अवस्थाले गर्दा स्थानीयहरूलाई धेरै असुविधा भईरहेको गाउँलेहरू बताउँछन् ।

सिटोङ एक ग्राम पञ्चायत अन्तर्गत पर्ने सड़कमा अहिले ठाउँ ठाउँमा खाल्डा परेको साथै कालो अलकत्रे सड़क भत्केर सोचनीय बनेको छ । विशेष रूपमा दुई चक्के वाहन र साना गाड़ीहरू यस सड़क भएर कुद्न निक्कै जोखिमपूर्ण र असुविधा भईरहेको गाउँलेहरू बताउँछन् ।
सिटोङको सोचनीय अवस्था विषयमा बोल्दै सिटोङ ईको ट्राभलर्स वेलफेयर सोसाईटीको सचिव तितस लेप्चाले बाटोको दयनीय अवस्थाले गर्दा दैनिक रूपमा खरसाङ, दार्जीलिङ, सिलगढी, मंग्पुतिर कुद्ने गाड़ीहरूलाई निक्कै असुविधा भईरहेको साथै सिटोङको लागि आएको पर्यटकहरू बोक्ने गाड़ीहरूलाई पनि धेरै असुविधा भईरहेको बताएका छन् ।

उनले लगभग तीन साल अघि निर्माण भएको यस सड़क अहिले सोचनीय अवस्थामा रहेको कारण स्थानीयहरू र बाहिरबाट आउने पर्यटकहरूलाई पनि धेरै असुविधा भईरहेको बताएका छन् भने यो सड़क झट्टै मरमत्तिको लागि विभागीय रुपमा पहल गरिए यहाँको पर्यटन व्यवसायसित संलग्न व्यक्तिहरू लगायत स्थानीय गाउँलेहरू, विद्यार्थी नानीहरूलाई पनि धेरै सुविधा बताएका छन्। लेप्चाले सिटोङ पर्यटकहरूको लागि अहिले पहिलो रोजाई रहेको साथै यहाँको ग्रामीण पर्यटन व्यवसायलाई अझ उन्नत गरेर लानलाई सिटोङको जीवनरेखा मानिने यस सड़को मरमत्ति चाढ़ै गर्नु पर्ने आवश्यकता रहेको पनि बताए । उनले सबै गाउँवासीहरू र ग्रामीण पर्यटन व्यवसाय क्षेत्रमा लागि परेका व्यावसायीहरूको पक्षमा सम्बन्धित विभाग समक्ष मरमत्ति गरिदिने अपील पनि गरेका छन् ।

Related Posts

leave a comment

Create Account



Log In Your Account