ताजा खबर :

दार्जीलिङ फ्रेश इन्टर स्कूल फुटबल टुर्नामेन्ट फाइनल सम्पन्न : लामाहट्टा उच्चतर विद्यालय बन्यो च्याम्पियन

दार्जीलिङ फ्रेश इन्टर स्कूल फुटबल टुर्नामेन्ट फाइनल सम्पन्न : लामाहट्टा उच्चतर विद्यालय बन्यो च्याम्पियन

रिमल मोक्तान

पेशोक १९ अगस्त।

लप्चुबजार स्थित लक्ष्मी फ्रुट प्रोसेसिङ द्वारा प्रायोजित अनि लामाहट्टा उच्चतर विद्यालय द्वारा आयोजित दार्जीलिङ फ्रेश इन्टर स्कूल फुट्बँल टुर्नामेन्ट्को च्याम्पियन बन्यो लामाहट्टा उच्चतर विद्यालय। हिजो 18 अगष्ट लामाहट्टा उच्चतर विद्यालयको खेल मैदानमा आयोजित दार्जीलिङ फ्रेश इन्टर स्कूल फुट्बँल टुर्नामेन्ट्को अन्तिम खेला यानी फाइनल खेला विद्यालयका प्रधान अध्यापक दिपक कुमार राईको अध्यक्षतामा अनि लक्ष्मी फ्रुट प्रोसेसिङ्का प्रबन्ध निर्देशक अमर जैनको मुख्य अतिथ्यमा सम्पन्न गरियो। विद्यालयका सह शिक्षक दिपक कुमार राईले संचालन गरेको उक्त फाइनल खेलाको कार्यक्रममा सहशिक्षक भुपत राईले स्वागत वक्तव्य राखेका थिए।
लामाहट्टा उच्चतर विद्यालयको खेल मैदानमा करीब अपराह्न्न एक बजे शुरु भएको उक्त टुर्नामेन्ट् रंगबी ज्ञानपीठ् उच्चतर विद्यालय बनाम आयोजक लामाहट्टा उच्चतर विद्यालय माझ सम्पन्न गरियो। खेलको शुरुआतमा नै दुवै दलले रोमाञ्चक एवं उत्साहजनक खेल प्रदर्शन गरेका थिए भने मध्यानतरको पुर्वार्धमा लामाहट्टा उविका जर्सी नं० 10 ले पहिलो गोल गरेर खेलाडीहरुलाई उत्साह प्रदान गरे। मध्यान्तर पछि लगातार जर्सी नं० 2 अनि जर्सी नं० 11 ले फटाफट गोल गरेर आफ्नो दललाई विजयीको पगरी दिलाए भने रंगबी उविले लाखौ कोशिषको अतिरिक्त कुनै गोल गर्न सकेनन् । यसरी लामाहट्टा उच्चतर विद्यालयले आफ्नै आंगनमा रंगबी ज्ञानपीठ्लाई पराजित गरि दार्जीलिङ फ्रेश इन्टर स्कूल फुट्बँल टुर्नामेन्टको च्याम्पियन बन्यो।

कार्यक्रममा आसिन मुख्य अतिथि, विशिष्ट अतिथि अनि अतिथिहरुको उपस्थितिमा च्याम्पियन दल लामाहट्टा उच्चतर विद्यालयका दल नायक अनि अन्य खेलाडीहरुलाई च्याम्पियन ट्र्फी, नगद राशी रु० 30000/- पारितोषिक मुख्य अतिथि अमर जैनको बाहुली बाट प्रदान गरियो भने उपविजयी दल रंगबी ज्ञानपीठ्का दल नायक,खेलाडीहरुलाई लामाहट्टा उच्चतर विद्यालय संचालन समितिका पुर्व सभापति कुमार सुब्बाको बाहुलीबाट रनर अप ट्र्फी,नगद राशी रु० 15000/- पारितोषिक प्रदान गरियो। यसरी नै गत तीन अगष्ट देखि शुरु गरिएको उक्त टुर्नामेन्ट अवधी भरी राम्रो खेल प्रदर्शन गर्ने बेस्ट प्लेयर दीप लामा, बेस्ट गोल किपर अविस्कार राई (रंगबी ज्ञानपीठ्) ,हाइएस्ट गोल स्कोरर रौनक सेवा (लामाहट्टा उमावि ) लाई पनि आयोजक समितिले पारितोषिक प्रदान गरि सम्मान जनायो भने खेलका निर्णायकहरु रविन प्रधान अनि रविन शशांकर एवं सहयोगीहरुलाई पनि सम्मान जनाईयो। विद्यालयद्वारा खेलाइएको चिट्ठाखेलाको पनि फलाफल घोषणा गरियो।

उक्त टुर्नामेन्टको चुडान्त खेल कार्यक्रमको अवसरमा प्रधान अध्यापक एवं कार्यक्रमका अध्यक्ष दिपक कुमार राईले पनि सम्बोधन गरे। सो अवसरमा मुख्य अतिथि लक्ष्मी फ्रुट प्रोसेसिङ्का प्रबन्ध निर्देशक अमर जैन, कार्यक्रम अध्यक्ष दिपक कुमार राई,विशिष्ट अतिथिहरुमा ग्रीफिथ्स उमाविका प्रधान अध्यापक भीम प्रधान,विद्यालय संचालन समितिका पुर्व सभापतिहरु कुमार सुब्बा,संजय थुलुङ,लामाह्ट्टा निम्न बुनियादी पाठ्शालाका प्रधान शिक्ष्क पालशम शेर्पा, भुपु क्याप्ट्न सांगे डुक्पा,पञ्चायत कर्मी जी डुक्पा,बीएलाआओ सन्दीप सुब्बा, के के राई, आदि थिए भने भुपु विद्यार्थीवर्ग,अभिभावकवर्ग अनि अन्यहरुको अपार जमघट थियो।

Related Posts

leave a comment

Create Account



Log In Your Account