ताजा खबर :

पेशोकमा अल इण्डिया बुद्धिष्ट फोरम् को सभा सम्पन्न

पेशोकमा अल इण्डिया बुद्धिष्ट फोरम् को सभा सम्पन्न

रिमल मोक्तान

पेशोक 19 अगस्त।

पेशोक चियाबगानको टाँसी छ्योइलिङ गुम्बाको प्रांगणमा गत 17 अगस्तको दिन अल इण्डिया बुद्धिष्ट फोरमको एक सचेतना सभा सम्पन्न भएको छ् । उक्त आशयको जानकारी फोरम का प्रचार प्रसार सचिव सुरेन पाख्रीनले एक विज्ञप्ती जारी गरी दिएका छन् । टाँसी छ्योइलिङ गुम्बा संचालन समितिका सभापति एल बी योञ्जनको अध्यक्षतामा सम्पन्न उक्त सचेतना सभामा फोरमका डा० पेमा भान्ते (दार्जीलिङ ) अनि डा० झ्याम्पा नेगी (सिक्किम) लगायत अन्यहरुले सभा गरिनुको औचित्य, अनि आगामी कार्यक्रमहरु बारे प्रकाश पारे।

उक्त विज्ञाप्तिमा जनाइए अनुसार डा० पेमा भान्तेको करकलम द्वारा दीप प्रज्वलन संगै मंगलोच्चारण बाट शुरु गरिएको उक्त सचेतना सभामा फोरमका महासचिव आकाश लामाले विगतमा अल बेंगाल बुद्धिष्ट डेभलपमेन्ट बाट अहिले आएर किन अल इण्डिया बुद्धिष्ट फिरम हुन् गयो भन्ने सन्दर्भमा आफुलाई असन्तुष्ट लागेको बिषयहरु सभालाई विस्तृत जानकारी दिए साथै नर्थ बेंगालमा बौद्धहरुलाई एकबद्ध गर्दै आफुहरुले मुख्यमंत्री समक्ष विगतमा दिइएको एकमुष्ठ ज्ञापनपत्र बारे अवगत गराउदै एकताको बल द्वारा नै बुद्ध पुर्णिमाको राज्य सरकारी छुट्टी घोषणा हुन् सकेको बताउदै सम्पुर्ण बौद्ध समुदाय, गुम्बा आदिलाई धन्यवाद दिए ।

सभालाई सम्बोधन गर्दै आगामी 22 सेप्टेम्बर 19 को दिन बौद्धहरुको हक र अधिकार हासिल गर्न साथै राज्य अनि केन्द्र सरकारको ध्यानाकर्षण गराउन विभिन्न मांगहरु लिएर विशाल बौद्ध शान्ती र्‍याली सिलगढीमा आयोजन गरिने जाककारी गराउदै सबैलाई आ-आफ्नो पारम्परिक भेष भुषा अनि ब्यानरको साथ उपस्थित भइ दिने अपिल गरे। सभालाई अर्का वक्ता डा० झ्याम्पा नेगीले आफ्नो सम्बोधनमा आफू यसै गुम्बा बाट (पेशोक गुम्बा बाट ) अध्यन शुरु गरेर बनारस विश्वविद्यालय बाट बौद्ध ग्रन्थ त्रिपिटकमा शोध गरि डक्टरेट्को उपाधी हासिल गरेको साथै बौद्ध दर्शन लिएर धेरै उच्च शिक्षा हसिल गरि आफ्नो धर्म,समाज,देश लाई नै बौद्ध धर्मको मुल सिद्धान्तको प्रचार प्रसार गर्न गर्न पर्ने आजको पिडीलैइ सन्देश दिंदै सरकार प्रति मांग गर्दै प्रत्येक गुम्बामा अध्यन केन्द्र स्थापना गर्नु पर्ने आवश्यक रहेको बताए भने नर्थ बेंगाल अनि सिक्किम विश्वविद्यालयहरुमा पाली भाषाको पठन पाठन गरिनु पर्ने,हुन् पर्ने मांग गरे। फोरमका प्रमुख सल्लाहकार ए के जिम्बाले आफ्नो सुझावमा निम्न तहका सदष्यहरुलाई समेत साथमा लिएर काम गर्ने सल्लाह दिए भनेनकारात्मक सोंच अनि हामी माथि षडयन्त्र सोंच राख्नेतत्वहरु देखिसँधै टाँडा अनि होसियारी बस्न पर्छ भनी सतर्क गराए।

यसरी नै डा०”पेमा भान्तेले आफ्नो धार्मिक सम्बोधनमा अन्धविश्वास लाई पट्क्क मान्यता नदिनेअनी व्यवहारीक / प्रमाणित कुरोहरुलाई मात्र विश्वास गर्ने सोंच राख्नु पर्ने बताउदैआफुहरुलाई जन्म दिने आमा बुवा नै ब्रह्न सृष्टिकर्ता भएको बताए साथै कसैलाई दूध खन्याउनु भन्दा आमा बाबुको सेवा नै सबै भन्दा ठूलो पुण्य हुने बताए। भान्तेले अझ भने, यो जीवन अमुल्य रहेको छ अनि यसै बेला नै जति सम्म सत् कर्म पट्टि नै ध्यान दिनु मानव हुनुको कर्तव्य हो । भोटिया समुदाय एवं फोरमका उपाध्यक्ष सोनाम टी भुटियाले पनि प्रत्येक गुम्बा,संघ संस्थाले आ-आफ्नो प्याड्मा मेमोर्‍याण्ड्म लेखेर बुझाई दिने आग्रह गरे। सहकोषाध्यक्ष एस एम घिसिङ्ले फोरमको आर्थिक स्थिति बारे अवगत गराए भने फोरमलाई सहयोग स्वरुप बार्षिक रु० 500/- सहयोग गरिदिने अपिल गरे ।हाल फोरम संग कुनै रकम नरहेको तथापी पदाधिकारीवर्गहरु आफ्नै खर्चमा विभिन्न स्थानहरुमा गएर सचेतना सभा गरिरहेको जानकारी गराए।

नरेन्द्र योञ्जन द्वारा संचालन गरिएको उक्त सचेतन सभामा अन्य वक्ताहरुमा डुपखाङ छ्योइखोर्लिङ गुम्बा, तक्लिङ्का धर्मगुरु लामा पाल्देन साङ्गे, खर्साङ बाट नरेन मोक्तान (उपसभापति ), लोबलाङ लामा (कालेबुङ) थिए भने तक्लिङ,लामाहट्टा क्षेत्रहरू बाट, तक्दाह,आदि बाट प्रतिनिधिहरु भेला भएका थिए भनी फोरमका प्रचार प्रसार सचिव सुरेन पाख्रीनले विज्ञाप्ती मार्फत जानकारी दिएका छन् ।

Related Posts

leave a comment

Create Account



Log In Your Account