ताजा खबर :

लामाहट्टा ईको पार्कमा रुख लड्दा भाग्यले बाँचे पर्यटकहरु

लामाहट्टा ईको पार्कमा रुख लड्दा भाग्यले बाँचे पर्यटकहरु

रिमल मोक्तान

पेशोक: १७ अगस्त।

आज दिउँसो करीब एघार बाह्र बजे बीच लामाहट्टा ईको पार्क माथि स्थित झील या पोखरी छेउमा रहेको धुपीको रुख ढ्ल्दा त्यहाँ झीलको आनन्द लिइरहेका पर्यट्कहरु भाग्यले बाँचे । उक्त समय ईको पार्क एफपीसी सञ्चालन समितिका सभापति निमा नर्बु शेर्पा, कोषाध्यक्ष सुमन लामा, सदष्य सीडी गुरुङ आदि पनि घटनास्थलमै थिए । शेर्पाले जनाए अनुसार रुखको रुग्न अवस्थाले ढ्ल्न पुगेको हो। यस्ता धेरै उमेर पुगेका रुखहरु उक्त झील परिसरमा रहेकोले झीलमा आउने पर्यटकहरुलाई जोखिम रहेको नेपाल देखि घुम्न आएका पर्यटकहरुउले बताए भने यस्ता कुरोहरुको पार्क सञ्चालन समिति अनि वन विभागले पहल गर्नु पर्ने मत व्यक्त गरेका छन्।

यस घटना बारे ईको पार्क संचालन समितिका सभापति निमा नर्बु शेर्पाले समन्धित निकायलाई जानकारी गराएपछि सम्बन्धित विभागका अधिकारीहरूले घटनास्थलमा पुगेर निरीक्षण पनि गरे।

 29 जनवरी 2013 मा बंगालका मुख्य मन्त्री ममता व्यानर्जीले उद्घाटन गरेको उक्त पार्कमा रुखहरुको व्यवस्थापन एवं पर्यटकहरूको सुरक्षाको ध्यान दिनुपर्ने आवश्यक रहेको देखिएको छ।

Related Posts

leave a comment

Create Account



Log In Your Account