बिजनबारी डिग्री कलेजमा फ्रेसर्स वेलकम : खुस्मत लिम्बू र मिस नीशा देवान मिस्टर-मिस फ्रेसर्स

बिजनबारी डिग्री कलेजमा फ्रेसर्स वेलकम :  खुस्मत लिम्बू र मिस नीशा देवान मिस्टर-मिस फ्रेसर्स

प्रतिविम्ब न्यूज

बिजनबारी 18 अगस्त।

 बिजनबारी डिग्री कलेजको आयोजनामा प्रथम वर्षका विध्यार्थीहरुलाई स्वागत कार्यक्रम हिजो सम्पन्न भयो । यस ‌अवसरमा हाजिरी जवाफ, र्‍याम, म्युजिकल चियर साथै आफ्नो कला मञ्चमा प्रस्तुत गरेर देखाए ।  समग्र रुपमा आफ्नो उत्कृष्ट प्रस्तुति दिएर मिस बिजनबारी डिग्री कलेज नीशा देवान (विभाग अङ्ग्रेजी सम्मान) र मिस्टर बिजनबारी डिग्री कलेज खुस्मत लिम्बू (विभाग सामान्य) ले वर्ष २०१९ को उपाधि जिते । विगत वर्ष २०१८ को विजेता समीक्षा छेत्री र आकाश तामाङले उनीहरुलाई क्रमैले सम्मानित गरे।

पिता देवेन्द्र देवान र माता भगीमाया राईको कोखबाट २१ जुलाई २००२ मा बिजनबारी हस्पिटल लाइनमा जन्मेकी नीशा देवानको शोक कुशल नर्तकी बन्ने र भविष्यमा लाइब्रेरियन हुने उद्धेश्य रहेको बताए यसै गरी पिता मणि लिम्बू र माता जयन्ती लिम्बूको कोखबाट १४ मई २००१ मा लुङ्चक्रो बस्ती बिजनबारीमा जन्मेका खुस्मत लिम्बूको शोक असल शिक्षक बन्ने र भविष्यमा आर्मी अफिसर हुने सपना रहेको बताए ।

यस वर्ष दोस्रो सत्रको परिक्षामा कलेजमा सर्वोच्च अङ्क ८०.३६ प्रतिशत नेपाली सम्मानमा हासिल गरेर पूजा छेत्री र सामान्य विभागबाट ६६.५५ प्रतिशत अङ्क हासिल गरे वापत समीक्षा छेत्रीलाई कलेजको पक्षबाट कलेज प्रभारी प्राचार्य प्रकाश बरदेवाको हातबाट सम्मानित गरियो ।
रङ्गारङ्ग कार्यक्रम साथै नव विध्यार्थीको निम्ति मनोरञ्जन खातिर दोस्रो र तेस्रो वर्षका विध्यार्थीहरुबाट पूजा छेत्रीले कविता, दीक्षा लामगादे, स्वेता खाती, रोशन छेत्री, विवेक राई, आकाश तामाङ आदिले गीत अनि उपाष्णा सुब्बा, प्रकृति तामाङ, शरण थामी, समीक्षा छेत्री, प्रेक्षा राई आदिले नृत्य प्रस्तुत गरेर कार्यक्रम रोचक बनेको थियो ।

Related Posts

leave a comment

Create Account



Log In Your Account