रङजुभेल्लीमा भव्यताको साथ स्वतन्त्रता दिवस पालन

रङजुभेल्लीमा भव्यताको साथ स्वतन्त्रता दिवस पालन

प्रतिविम्ब न्यूज

दार्जीलिङ 16 अगस्त।

रङजुभेल्ली निम्नोच्च विद्यालय अनि रङजुभेल्ली प्राथमिक पाठशालाको संयुक्त तत्वावधानमा 73औं स्वतन्त्रता दिवस समारोह भव्यरूपमा पालन गरियो। रङजुभेल्ली प्राथमिक पाठशालाका प्रधान अध्यापिका शीला छेत्रीको अध्यक्षता अनि लाब्दा जुनियर हाइ स्कूलका शिक्षक प्रभारी विवेक छेत्रीको मुख्य आतिथ्यमा रङजुभेल्ली प्राथमिक पाठशाला भवनमा नै आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूले देशभक्तिमाथि आधारित विभिन्न सासंकृतिक कार्यक्रम अनि झलक झाँकीहरू प्रदर्शन गरेका थिए।

                                                         प्रधानअध्यापिका शीला छेत्रीलाई सम्वर्द्धना जनाइँदै

विद्यालयको प्राङ्गनमा स्थानीय भूतपूर्व सैनिक रामप्रसाद गोलेद्वारा झण्डा उत्तोलन गरिएपछि विद्यार्थीहरूले देशभक्तिमाथि आयोजित सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए। सोही कार्यक्रमबीच रङजुभेल्ली निम्नोच्च विद्यालय अनि रङजुभेल्ली प्राथमिक पाठशालाका विद्यार्थीहरूद्वारा स्वरवद्ध गरिएको स्कूलको गीत पनि   सार्वजनिक गरियो। उक्त गीतको शब्दकार रङजुभेल्ली निम्नोच्च विद्यालयका शिक्षक प्रभारी शरण गुरूङ (मुस्कान) रहेका छन् भने संगीत आदित्य रायाले दिएका छन्।

                                                                कार्यक्रम प्रस्तुत गर्दै विद्यार्थीहरू

786 स्ट्रीगं स्टुडियो, दार्जीलिङमा रेकर्डिङ गरिएको उक्त गीतमा रङजुभेल्ली प्राथमिक पाठशाला अनि रङजुभेल्ली निम्न उच्च विद्यालयका विद्यार्थीहरूले स्वरवद्ध गरेका छन्। यसबाहेक गत केही दिन अघिमात्र अन्तर्राष्ट्रिय संस्था हिमाक्षराबाट डा. अब्दुल कलाम शैक्षिक पुरस्कार प्राप्त गरेकामा रङजुभेल्ली प्राथमिक पाठशालाका प्रधानअध्यापिकालाई रङजुभेल्ली निम्न उच्च विद्यालयको तर्फबाट सम्वर्द्धना पनि जनाइयो।

कार्यक्रममा विद्यार्थीहरूले देशभक्तिमाथि आधारित     गीत, नृत्य, कविता अनि वार्ताहरू प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन आठौं श्रेणीका छात्र फूर्वा शेर्पा अनि इस्वी राईले गरेका थिए। कार्यक्रममा स्थानीय मानिसहरूसितै अभिभावकहरूको पनि बाक्लो उपस्थिति रहेको थियो।

 

 

leave a comment

Create Account



Log In Your Account