ताजा खबर :

शिवखोलाको शिव मन्दिर दोस्रो हरिद्वार बन्दै : मन्दिरमा स्रावनको अन्तिम सोमबार जल चढ़ाउनेहरूको भीड़

शिवखोलाको शिव मन्दिर दोस्रो हरिद्वार बन्दै : मन्दिरमा स्रावनको अन्तिम सोमबार जल चढ़ाउनेहरूको भीड़

प्रतिविम्ब न्यूज

खरसाङ 12 अगस्त।

खरसाङ महकुमा अन्तर्गत पर्ने तीनधारे महानदी समष्टीको शिवखोला धार्मिक पर्यटन स्थलको रूपमा विकसित भईरहेको छ । शिवखोलाको शिवमन्दिरमा स्रावन महिनाको अन्तिम सोमबार जल चढ़ाउनेहरूको भीड़ रहेको थियो ।

अब शिवखोलाको यो शिव मन्दिरमा भक्तहरूको भीड़ देखेर स्थानीयहरू लगायत भक्तजनले शिवखोलालाई दोस्रो हरिद्वारको रूपमा विकसित भईरहेको पनि मत प्रकट गरेका छन् । तीनधारे महानदी समष्टीको शिवखोला क्षेत्र ग्रामीण पर्यटन व्यवसायमा उन्नत भएर गईरहेका छन् भने यो स्थल धार्मिक पर्यटन स्थलको रूपमा पनि विस्तारै विकसित भएर गईरहेका छन् । यहाँ शिवखोला एडभेञ्चर क्याम्पले ग्रामीण पर्यटन व्यवसाय क्षेत्रमा ठूलो फड़को मारिरहेका छन् भने यहाँको 150 वर्ष पुरानो शिव मन्दिर यस क्षेत्रको निक्कै प्रसिध्द धार्मिक पर्यटन स्थल हो। आज स्रावन महिनाको अन्तिम सोमबार भएकोले जल चढाउनेहरू टाड़ा टाड़ाबाट भक्तजन आईरहने गरेका छन् ।

आज भक्तजनको भीड़ देखेर शिव मन्दिर संरक्षण समितिको पदाधिकारीहरू उपस्थित भएर भक्तजनहरूको दु:खेसो बुझेका थिए। शिवमन्दिर संरक्षण समितिको सचिव डीपी प्रधानले शिव मन्दिरमा आज जल चढ़ाउनेहरूको भीड़ रहेको थियो भने टाड़ा टाड़ाबाट भक्तजन एक दिन अघि नै आउने गरेका छन् । त्यसैले यहाँ अब भक्तजनको लागि एउटा विश्राम गृह निर्माण गरिरहेको तथा यहाँ धार्मिक पर्यटनलाई अझ उन्नत गराउन एउटा ठूलो शिवको मन्दिर निर्माण गरिने योजना बनाएको पनि बताएका छन् । यहाँ पहाड़ अनि मधेशका धेरै भक्तजन दैनिक रुपमा आउने गरेको साथै सबैले यहाँको प्राकृतिक सुन्दरता र मनोरम दृश्यहरू देखेर आकर्षित बनिरहेको पनि बताएका छन् ।

Related Posts

leave a comment

Create Account



Log In Your Account