फुब्सेरीङ पान्दाम समष्टिमा बुथ स्तरीय समिति गठन

फुब्सेरीङ पान्दाम समष्टिमा बुथ स्तरीय समिति गठन

प्रतिविम्ब न्यूज

दार्जीलिङ 12 अगस्त।

गोर्खा जनमुक्ति केन्द्रीय एवम् महकुमा समितिको निर्देशन आज पुबछिरीङ पान्दम समष्टि अन्तर्गत अगमसिंह गिरी ग्राम,मूल डाडाँमा बुथ कमिटी गठन गरियो। आज मूलडाँड़ाको प्रमिला शर्मा सार्वजनिक भवनमा आयोजित एक सभामा उक्त कमिटी गठन गरिएको हो।

दार्जीलिङ महकुमा समिति मूल सचिव पुरण थामी एवम् समष्टि अध्यक्ष किस्मत छेत्रीको प्रमुख आतिथ्यमा बुथ स्तरिय समिति गठन भएको हो। यसरी नै समष्टि भरी नै बुथ स्तरीय समिति गठन गरिन पर्ने बिषयलाई जोर दिदै बुथ स्तरमा संगठनलाई बलियो पार्ने आग्रह आजको सभामा महकुमा मूल सचिव पुरण थामीले गरे।

आज गठन गरिएको कमिटीका पदाधिकारीहरूमा क्रमैले सभापति अरूण छेत्री, उपसभापति राजु गुरूङ अनि महेन्द्र तामाङ, सचिव प्रताप छेत्री, उप-सचिव  रोशन सिहँ सार्की अनि  एडी लेप्चा,कोषाध्यक्ष कुमार थापा अनि आयोजक सचिव राजेन लेप्चा आदि रहेका छन्।

 

Related Posts

leave a comment

Create Account



Log In Your Account