खस हितकारी सम्मेलनद्वारा कवि कर्ण विरहलाई सम्मान

खस हितकारी सम्मेलनद्वारा कवि कर्ण विरहलाई सम्मान

प्रतिविम्ब न्यूज

बिजनबारी 5 अगस्त।

आज एक कार्यक्रमको साथमा खस भारतीय हितकारी सम्मेलन बिजनबारी आञ्चलिक समितिद्वारा बिजनबारी विद्या ज्योति एकेडेमी विद्यालयका भवनमा यसबर्ष २०१९ -मा साहित्य अकादमी युवा पुरस्कार प्रापक युवाकवि कर्ण विरहलाई औपचारिक रुपमा बधाई एवम् सम्वर्द्धना प्रदान गरेको छ।

निलम चन्द्र रायमाझीको गुरु बन्दनाबाट शुरु भएको कार्यक्रममा स्वगात सम्भाषण चन्द्र भण्डारीले गरेका थिए भने कवि कर्ण विरहको परिचय राख्दै डा कमल पोखरेलले भने रेलिङको दुर्गम क्षेत्रबाट जन्म लिएर सहित्य अकादमी पुरस्कार पाउने भनेको रेलिङ मात्र नभएर समस्त भारतीय नेपाली/गोर्खाहरुको लागि गर्वको बिषय बनेका छन्। उनले भने आफ्नो प्ररम्भिक शिक्षा स्थानीय गाउँका प्रथामिक पाठशालाबाट शुरु गरेर उच्च शिक्षा रेलिङ उच्चर माध्यामिक विद्यालय हुँदै बिजनबारी डिग्री कलेज साथै नर्थ बङ्गाल युनिभर्सिटीसम्म गरेका थिए । सानो बाल्यकालदेखि नै कवि कर्ण विरहले आफ्नो साहित्यिक यात्रा शुरु गरेको हो । आफ्नो पहिलो काव्यकृति २०१०-मा ‘शब्द सम्मेलन’-को रुपमा प्रकाशित गरेका थिए । यसरी नै उनले लगाताररुपमा कृतिहरु प्रकाशन गर्दै आइरहेको तिनले अवगत गराए।

यसैबीच सभाध्यक्ष अरुण चौलागाईं तथा विशिष्ट अतिथि बीएन गिरीको बाहुलीबाट कवि विरहलाई खदा, टोपी साथै सल ओढाई सम्वर्द्धना पत्रद्वारा सम्मानित गरियो ।अर्कोतिर, आफूले यसरी आफ्नो समुदायबाट सम्मान पाउँदा हर्ष लागेको तथा आफूमा थप जिम्मेवारी थपिएको कवि विरहले सम्बोधनको क्रममा बताए भने उक्त सम्मान जीवनको निम्ति प्रेरणाको आधार हुने विरहले थपे।

आजको कार्यक्रममा निलमचन्द्र रायमाझीले दुईवटा गीत प्रस्तुत गरियो भने डा• कमल पोखरेल र चन्द्र भण्डारीले दुई- दुईवटा कविता वाचन गरे। ध्रुव खत्रीले खैजडी गीत सुनाएँ । कार्यक्रममा इन्द्र भण्डारीले धन्यवाद ज्ञापन राखेँ।अरुण चौलागाईंको सभापतित्वमा भएको कार्यक्रममा बिजनबारी आञ्चलिक समितिको सबैवटा शाखा प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियोे।

Related Posts

leave a comment

Create Account



Log In Your Account