ताजा खबर :

दार्जीलिङ फ्रेश अन्तर विद्यालय लात्ते भकुण्डो टुर्नामेन्ट

दार्जीलिङ फ्रेश अन्तर विद्यालय लात्ते भकुण्डो टुर्नामेन्ट

रिमल मोक्तान

पेशोक 3 अगष्ट।

लक्ष्मी फ्रुट प्रोसेसिङ द्वारा प्रायोजित दार्जीलिङ फ्रेश अन्तर विद्यालय लात्ते भकुण्डो टुर्नामेन्ट्को आज देखि लामाहट्टा उचचतर माध्यमिक विद्यालयको खेल मैदानमा शुरु भयो। लक्ष्मी फ्रुट प्रोसेसिङ्का प्रबन्ध निर्देशक अमर जैनको मुख्य अतिथि रहेको आजको शुरुआती खेलमा दुईवटा भिन्ना भिन्नै खेलको भिडन्त सोनादा उमावि-बी बनाम लामाहट्टा उमावि अनि दोस्रो खेलमा टिस्टाभेल्ली उच्च विद्यालय बनाम सोनादा उमावि -ए माझ भयो।

लामहट्टा उमावि – को आयोजनामा शुरु भएको उक्त टुर्नामेन्ट्को संचालन विद्यालयका सहशिक्षक भुपत राईले गरेका थिए भने विद्यालयका प्रधान अध्यापक दिपक कुमार राईले अध्यक्षता गरेका थिए। आजको शुरुआती पहिलो खेलमा जजमान लामाहट्टा उमावि -ले सोनादा उमावि-बी माझ रोमाञ्चक खेल भएको थियो भने खेलको केही समयमा सोनादा उमावि -बी ले तीन गोल गरेर आफ्नो दललाई अघि बडाए भने मध्याह्न पश्चात् जजमान लामाहट्टा उमावि -ले तीन गोलको विरुद्ध पाँछ गोल गरेर आफ्नो खाता पक्का गरे।

दोस्रो चरणको खेलमा सोनादा उमावि -ए ले टिस्ताभेल्ली उच्च विद्यालय लाई शुन्यको विरुद्ध तीन गोल गरेर आफ्नो खाता खोल्न सफल बने । आजको दार्जीलिङ फ्रेश अन्तर विद्यालय लात्ते भकुण्डो टुर्नामेन्ट्को साक्षीको रूपमा कार्यक्रमका अध्यक्ष प्रधान अध्यापक दिपक कुमार राई, मुख्य अतिथि लक्ष्मी फ्रुट प्रोसेसिङ्का प्रबन्ध निर्देशक अमर जैन ,विद्यालय संचालन समितिका पदाधिकारी वर्ग लगायत बिशिस्ट अतिथिहरुमा के के राई,ललित गुरुङ, पञ्चायत कर्मी जी डुक्पा, स्थानीय निम्न बुनियादी प्राथमिक पाठशालाका प्रधान अध्यापक पालसम पाल्जर,एन डी शेर्पा, निमा नर्बु शेर्पा लगाय्ट अन्यहरुको उपस्थिति थियो।

Related Posts

leave a comment

Create Account



Log In Your Account