ताजा खबर :

विद्यार्थी मोर्चा खरसाङ महकुमा समितिको सांगठनिक सभा सम्पन्न

विद्यार्थी मोर्चा खरसाङ महकुमा समितिको सांगठनिक सभा सम्पन्न

प्रतिविम्ब न्यूज
खरसाङ 28 जुलाई।

विद्यार्थी मोर्चा खरसाङ महकुमा समितिको सांगठनिक सभा खरसाङ महकुमा समितिको सभापति डेभिस छेत्रीको अध्यक्षतामा पार्टी कार्यालयमा आईतबार सम्पन्न भयो । सभाको मुख्य विषय विद्यार्थी मोर्चाको सांगठनिक गतिविधिलाई अघि बढ़ाउनु साथै नयाँ सदस्यवर्गलाई स्वागत गर्नु र भविष्यको कार्यक्रमहरू र गत्विधिहरूको खुलासा गर्नु रहेको बताइएको छ । सभालाई विद्यार्थी मोर्चा खरसाङ महकुमा समितिको प्रवक्ता नयन खातीले सञ्चालन गरेका थिए ।

सभामा विद्यार्थी मोर्चा केन्द्रीय समितिको सभापति विस्वास गुरुङ, खरसाङ महकुमा समितिको महासचिव दयाराम शर्मा, केन्द्रीय सदस्य दिवस छेत्री, कर्म वाङ्गछेन डुप्पा, महकुमा सदस्य कुन्दन प्रधान लगायत तीनधारे महानदी समष्टीको प्रतिनिधि, आरटीआई टुंग, पोलिटेक्निक कलेज, खरसाङ महाविद्यालयको प्रतिनिधिवर्ग पनि उपस्थित थिए । सभामा नयाँ सदस्यको रुपमा गौरव छेत्रीलाई खरसाङ टाउनको संयोजक, आदित्य दाहाल, रबीन राई, शिभम पाण्डे र सलीम खातीलाई खरसाङ महकुमा समितिको सदस्यको रुपमा चयन गरियो भने सलीम खातीलाई घैयाबारी खण्डको लागि संयोजक पनि चयन गरिएको छ । सभामा चर्चाको क्रममा आगामी 11 अगस्तको दिन विद्यार्थी मोर्चाको तर्फबाट खरसाङ महकुमा अन्तर्गत पर्ने विभिन्न विद्यालयहरूबाट यसपालीको माध्यमिक र उच्च माध्यमिक परीक्षामा उच्च अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरूलाई सम्बर्द्धना गरिने भएको छ । त्यसरी नै सभामा गौरव छेत्री, विवेक भण्डारी, पोलिटेक्निक कलेजको सभापति अदित्य दाहाल, खरसाङ महाविद्यालयको सभापति शुभंकर प्रसादले वक्तव्य राखेका थिए ।

सभाध्यक्ष डेभिस छेत्रीले विद्यार्थीहरूका मुख्य समस्याहरू विषयमा बोल्दै समाधान गर्न पर्ने पनि बताएका छन् । उनले विद्यार्थी मोर्चाको सांगठनिक गतिविधि र विद्यार्थीहरूलाई मञ्च प्रदान गर्नु पर्ने बताउँदै अब बुथ लेवलको कमिटी गठन गरेर सांगठनिक रूपमा एक भएर अघि बढ़ने पनि बताएका छन् । उनले विद्यार्थीहरुको समस्या बुझ्नलाई हेल्प लाइन नम्बर जारी गरिनु पर्ने कुरामा जोड़ दिएका छन् । सभामा आईटीआई टुंग, पोलिटेक्निक कलेज र खरसाङ महाविद्यालयको विद्यार्थीहरूले आफ्ना आफ्ना समस्याहरू बताएका थिए।

Related Posts

leave a comment

Create Account



Log In Your Account