ताजा खबर :

पेशोकमा पनि स्मरण गरियो शहीदहरुलाई

पेशोकमा पनि स्मरण गरियो शहीदहरुलाई

रिम परिचित

पेशोक 28 जुलाई।

बर्ष 1986 को बिहानी पखमा सीआरपीएफको गोली लागेर शहीद बनेका पेशोक दोङ बस्ती निवासी शहीद हर्क बहादुर तामङको उक्त बलिदानलाई हिजो शहीद दिवासको दिन स्मरण गर्दै खदा फुल माला अर्पण गरेर भावपुर्ण श्रद्धाञ्जली चडाए शहीदका छोरा छेवाङ तामङ अनि अन्यसदष्यहरुले । परिवार पक्षबाट जानकारी गराए अनुसार शाहीद आपाको समाधी स्थललाई साफ सफाई गरिए पश्चात् रंग लगाई उनको आत्मा शान्तीको कामना गरे भने आज विधि अनुसार पंण्डितको मन्त्रोच्चारण द्वारा आपाको बलिदान अनि उनको आत्माले बेकुण्ठ्वास पाओस् भनी प्रार्थना संगै भावपुर्ण श्रद्धाञ्जली चढाएको छोरा छेवाङ तामङ्ले जानकारी गराएका छन् ।

यसरी नै गोजमुमो अनि गोरामुमो तक्लिङ पेशोक समष्टि को तर्फबाट पनि शहीद हर्क बहादुर तामङ्लाई श्रद्धाञ्जली चढाएको थियो भनी बताईएको छ् । सो अवधी गोजमुमो समष्टि पदाधिकारी,शाखा पदाधिकारीवर्ग को उपस्थिति थियो भने गोरामुमोको पक्षमा गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका सदष्य छिरिङ लामा, समष्टि पदाधिकारी लगायत पेशोक शाखाका पृथ्वीराज राईको बिशेष उपस्थिति रहेको बताईएको छ् भने लप्चु एघार माईल स्थित शहीद नाराद राईको समाधिमा पनि पुष्पार्ण गरि श्रद्धाञ्जली अर्पण गरिएको जानकारी प्राप्त भएको छ् ।

Related Posts

leave a comment

Create Account



Log In Your Account