पैह्रोले तीनधारेमा दुई घर क्षतिग्रस्त

पैह्रोले तीनधारेमा दुई घर क्षतिग्रस्त

प्रतिविम्ब न्यूज

खरसाङ 26 जून।

लगातार परिरहेको पानीले गर्दा पैह्रो गएर खरसाङ महकुमा अन्तर्गत तीनधारे क्षेत्रमा दुईवटा घर क्षतिग्रस्त भएको छ । तीनधारेको गोलाई पाखास्थित उदय तामाङ र स्व मदन देवानको घर क्षतिग्रस्त भएको छ । केही दिनदेखि लगातार परिरहेको पानीले विभिन्न क्षेत्रहरूमा क्षति गरेको छ भने मंगलबार राती घर नजिकको भित्ता झरेर पैह्रो गएपछि उदय तामाङको घर पैह्रोको चपेटमा परेर पूरै छोपिएको छ। पैह्रोले उक्त घरलाई 90 प्रतिशत क्षति गरेको छ।

उदय तामाङले बताए अनुसार उनको घरमाथिपट्टि रहेको साजेस प्रधान र निलम प्रधानको घरको भित्ता धस्केर झरेको कारण उनको घरको तीनवटा कोठाहरू साथै टोईलेट, बाथरूम, सेफ्टी ट्यांकी, भान्सा घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । पैह्रोले घर भएपछि घरमा बस्नु नसक्ने भएको र राती नै नजिकमा रहेको छिमेकीको घरमा सुत्नु परेको पनि बताएका छन् । त्यसरी नै अर्को घर स्व मदन देवानको घर पनि केही क्षतिग्रस्त भएको जानकारी प्राप्त भएको छ । माथिपट्टिबाट भित्ता झरेर क्षतिग्रस्त भएको दुईवटा घरमा बस्नु डरसरि भएको छ कारण माथिपट्टिबाट अझैं पनि पैह्रो आउन सक्ने सम्भावना रहेको स्थानीयहरूले बताएका छन् । तीनधारेको पैह्रो गएको सूचना पाएपछि पैह्रो ग्रस्त क्षेत्रको निरीक्षण गर्न खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विश्वास, खरसाङ खण्ड विकास आपदा प्रबन्धन अधिकारी अर्पण गोले, घैयाबारी ग्राम पञ्चायत 2 को पञ्चायत अधिकारीहरू घटनास्थलमा पुगेका थिए । पैह्रो पीड़ीत परिवारलाई खरसाङ खण्ड र ग्राम पञ्चायतको तर्फबाट रिलिफको सामानहरू वितरण गरिएको थियो ।

यस विषयमा पत्रकारहरूले सोधेको प्रश्नको जवाबमा खरसाङ खण्डको आपदा प्रबन्धन अधिकारी अर्पण गोलेले हामीले पैह्रो गएको घटना सुन्नसाथ घटनास्थलमा पुगेर निरीक्षण गरी रिलिफको सामानहरू वितरण गरेका छौं अनि रिलिफ क्याम्पको रूपमा नजिकको छिमेकीको घरमा सारिएको पनि बताएका छन् । उनले अहिले रिलिफको लागि जीटीएले सिञ्चाई विभागलाई दिएको कारण उक्त विभागबाट पञ्चायत मार्फत् हामी के कसो गर्नु पर्ने हो हामी गर्ने छौं भनी बताए ।

Related Posts

leave a comment

Create Account



Log In Your Account