ताजा खबर :

आन्दोलन लेख्ने एकुरेसी फातसुङमा गज्जब छ-सुधीर छेत्री

आन्दोलन लेख्ने एकुरेसी फातसुङमा गज्जब छ-सुधीर छेत्री

प्रतिविम्ब न्यूज

कालेबुङ, 2 मई।

1986भन्दा पछि जन्मिएका छुदेनले 86को कथा त्य़ही एकुरेसीमा लेख्ने कुरो गज्जब भएको छ। 86को आन्दोलन अपरिपक्व आन्दोलन हो।तर, यसले केही पाटा छोड्यो। जुन आज फातसुङमा आख्यानको रुपमा लिपिवद्ध भएको छ। फातसुङको लोकार्पण कार्यक्रममा युवाकवि तथा समालोचक छेत्रीले यसरी फातसुङमाथि आफ्नो टिप्पणी शुरु गरे। गत बुधबारको दिन छेत्रीले भने, नेपालमा मार्केटिङ मेनेजिङपछि उता पाठकलाई जसरी उत्सुक बनाएको छ, त्यो फातसुङको आख्यानात्मक शक्ति हो। छेत्रीले फातसुङमाथि छोटो मन्तव्यमा टिप्पणी गर्न नसकिने असमर्थता जाहेर गर्दै थपेका थिए, फातसुङमा हक, अस्मिता र अधिकारका कुरा पनि छ। यसमा राजसरको भाषाको प्रभाव पनि छ।

फातसुङको लोकार्पणको लागि कालेबुङ आइपुगेका फाइन प्रिन्टका अजित बरालले आफू दोस्रो चोटि आइपुग्दा कालेबुङ अर्कै लागेको रहस्य खुलाए। छुदेन र फातसुङको मायाले कालेबुङलाई हेर्ने मेरो दृष्टिकोणलाई बदलाएको छ। निक्कै भावुक देखिएका बरालले अघि थपे, फातसुङको दुई-तीन पेज पाण्डुलिपी पढ़्दै मैले त्यसमा सुनको टुक्रा देखें।

गत बुधबारको दिन कालेबुङ आपास रेसिडेन्सिमा विशेष समारोहबीच छुदेन काविमोका गोर्खाल्य़ाण्ड आन्दोलनमाथि आधारित उपन्यास फातसुङ सार्वजनिक भयो। युवाकवि प्रदीप लोहागणले सञ्चालन गरेको उक्त कार्यक्रममा विशिष्ट कवि तथा साहित्यकारहरू मनप्रसाद सुब्बा, राजेन्द्र भन्डारी, मोहन ठकुरी, उदय थुलुङ र काविमो स्वयंले फातसुङ सार्वजनिक गरे। यता सम्वोधन पब्लिकेशनले फातसुङको प्राकाशन गरेको हो। कार्यक्रममा फातसुङको प्रकाशक सम्वोधन पब्लिकेशनका सूरज रोसुरीले स्वागत मन्तव्य गरेपछि नेपालमा फातसुङको प्रकाशक फाइन प्रिन्टका अजित बराललाई उनै रोसुरीले भारतीय साहित्यकारहरूको पक्षमा माल्यार्पण गरी सम्मान गरे। सम्मान ग्रहणपछि फातसुङलाई लिएर नेपालमा भइरहेको पाठकीय रेस्पोन्समाथि थप प्रकाश पार्दै बरालले फातसुङको प्रपकाशनले  भारत र नेपालका साहित्य सर्जकहरूको सम्बन्ध अझ प्रगाढ़ बनाउने सम्भावना पनि खुलेरै व्यक्त गरे। भूगोलले छुट्टयाउँछ तर, भाषाले जोड़्छ,फातसुङको प्रसङ्गमा बरालले भने। लोकार्पणपछि सर्जक संवाद भयो। जहाँ लोहागण र काविमोसित फातसुङको लेखन,प्रकाशन लगायत पाठकीय प्रश्नहरूका आधारमा संवाद भयो। काविमोले 1986 कथासङ्ग्रहको प्रकाशनपछि आएको कमेन्टलेनै आफूलाई फातसुङ लेख्न प्रेरित गरेको बताए। लेख्दा उपन्यास लेखिरहेको छु भनेर लेखिनँ,काविमोले भने, लेखकनै सबभन्दा पहिले आफ्नो पाठक हो। म स्याटिस भएपछि फातसुङको प्रकाशनको लागि अघि आएँ।समाज  माथिबाट होइन तलबाट कसरी बाँचिरहेको छ हेर्ने कोशिश फातसुङमा गरेको छु,काविमोले य़सो पनि भने।

दोस्रो सत्रमा आख्यान विमर्श भयो। जहाँ मनप्रसाद सुब्बा राजेन्द्र भण्डारी र जय क्याक्टसमाझ आख्यान आजको सरोकार र भोलिको सम्भावना विषयमाथि केहीबेर टीका भाइले संवाद गरे।

भारतीय नेपाली आख्यानको परम्परामा फातसुङको चर्चाले ठूलो सम्भावना देखाइरहेको छ. टीका भाइको प्रश्नमाथि साहित्यकार मनप्रसाद सुब्बाले विचार पोखे।

विमर्शलाई अगाड़ि बढ़ाउँदै राजेन्द्र भण्डारीले भने, आन्दोलनमा हामी ज्यादै प्रभावित भयौं। जीवन रक्षाको चिन्ता हुँदा आख्यान लेखन गौण रह्यो।आन्दोलनको विफलता पनि लेख्न सक्नपर्छ।, जय क्याक्टसले विमर्शमा आफ्नो विचार यसरी पोखे, गहन मूल्याङ्कनले अब उताको बाटो प्रशस्त हुन सक्छ।

 

 

 

Related Posts

leave a comment

Create Account



Log In Your Account