ताजा खबर :

मुख्यमन्त्रीले भनिन्- यसपालि केन्द्रमा हामी सरकार बनाउनेछौं : बङ्गालमा एनआरसी लागु गर्न नदिने

मुख्यमन्त्रीले भनिन्- यसपालि केन्द्रमा हामी सरकार बनाउनेछौं : बङ्गालमा एनआरसी लागु गर्न  नदिने

प्रतिविम्ब न्यूज

खरसाङ 12 अप्रेल।

म  पहाड़लाई माया गर्छु, यहाँ  विकास गर्न चाहन्छु । हाम्रो प्रार्थी अमरसिंह राईलाई भोट दिएर जिताउनलाई  तपाईहरूलाई अनुरोध गर्दछु भनी नेपालीमा सम्भाषण शुरू गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले पहाड़ र मधेसमाझ विकासको ब्रिज निर्माण गर्ने बताइन्। उनले यसपालीको चुनावमा चिन्ह्र हाम्रो भए पनि  प्रार्थी तपाईहरूकै भूमिपुत्र हो , म पहाड़ र मधेसमै गोर्खे प्रार्थीको लागि भोट माग्दैछु ,  यहाँका युवाहरूमा विश्वभर नै काम गर्न सक्ने योग्यता छ, पहाड़मा पर्यटकहरू आएको देख्दा मन खुशी हुन्छ भनी बताइन्।

मुख्यमन्त्री ममताले विमल रोशनहरूले पैसा कमाउँछ विदेशतिर जान्छ तर अाफ्नो माटो हेर्दैन भन्दै पहिले दिल्लीबाट नेता ल्याएर गोर्खाल्याण्ड भन्दै जिताए पनि 5 वर्ष केही गरेन , यहाँ राम्रोसितले कम्प्युटर इण्डस्ट्री, इन्टरनेट इणेडस्ट्री, आईटी इण्डस्ट्री खोल्न चाहान्छु अनि यहाँको  बेरोजगारहरू बाहिर काम गर्न बाहिर जानु पर्दैन  भनी बताइन् । उनले खरसाङलाई एडुकेशन हर्ब बनाउन, यहाँको महकुमा अस्पताल सार्ने मांग, कार पार्किङ जस्ता विषयमा चुनावपछि कार्य गर्ने अनि खरसाङमै बस्न इच्छा भए पनि जग्गा नभएको जनाउँदै सर्टिक हाउस बनाउने इच्छा भएको बताइन् । उनले बंगालको कन्याश्री योजना युएनओबाट पहिलो पुरस्कार  जित्न सफल भएको बताउँदै विश्वभरमा बंगालको नाम चल्दैछ भनी बताइन् ।

मुख्यमन्त्री ममताले भाजपमाथि खनिन्दै मोदीले सेनाको नाममा भोट माग्दैछ भनी , देश रक्षा गर्न सेना शहीद हुन्छन् तर सेनाको नाममा राजनीति नहोस् , सेनाको स्थान उच्च छ भनी बताइन्। उनले मोदीले प्रत्येकलाई 15 लाख दिन्छु भनेर ढाट्यो,  भ्रष्टचारको पैसा पनि ल्याउन सकेन, देशमा 12 हजार किसानहरुले आत्माहत्या गरेको थाहा छैन ,चौकीदार आफै लुटेरा हो भनी बताइन्। मुख्यमन्त्रीले चुनावपछि गोर्खाहरूको आईडेन्टिटीको लागि काम गर्न सकिन्छ र गोर्खाहरूका इज्जतको लागि स्टेप चाल्ने अनि निम्नत्तम रोजगारको लागि कमिटी बनाउने , पर्जापट्टाको लागि रिभ्यु कमिटी बनाउने पनि बताइन्। उनले तपाईहरूको समस्याको लागि म तयार छु भन्दै दार्जीलिङमा सिस्टर निवेदिता, सुबासचन्द्र बोस, भानुभक्त आदिको विषयमा काम गरिरहेका छौं भने गोर्खा रेजिमेन्टको लागि पनि केही गर्ने इच्छा छ भनी बताइन्। मुख्यमन्त्रीले एनआरसी विषयमा बोल्दै यहाँ लागु गर्न दिन्न भनी बताउँदै आसामबाट 40 लाख नाम काटियो अनि नेपाली र बंगालीहरूलाई हटायो , हामी भारतीय नागरिक हौं, भाजपाले नागरिक बिल ल्याएर 5 वर्ष विदेशी हुनुपर्ने र त्यसपछि नागरिकता पाउने भन्दैछ जुन हुनसक्दैन भनी बताइन। उनले भनिन् -“यसपाली भाजपा दिल्लीमा आउँदैन, तामिलनाडु, केरला, बिहार, राजस्थान, छत्तीसगढ़, उडिस्सा, कर्नाटकमा जित्दैन, बंगालमा सिटको नम्बर शून्य रहन्छ भने नर्थ ईस्टमा जनताले भोट हाल्ने छैन, यसपाली भाजपाको सीट 100 भन्दा कम हुनेछ ।”

मुख्यमन्त्रीले अझ भनिन् – “आञ्चलिक पार्टीहरू मुख्य भएको छ। यसपाली हामी मिलेर सरकार बनाउँछौं तर को लिडर हुनेछ त्यो कुरा छैन तर सरकार बनाउन बंगालले मुख्य भूमिका निर्वाह गर्नेछ।”

उनले थपिन् -“म दार्जीलिङलाई दिलबाट माया गर्छु, तपाईहरू मलाई साथ दिनु हवस, पहाड़मा लिडरहरू एक भएर पहाड़को विकासको लागि आईडेन्टीटीको लागि बस्नु हवस, दार्जीलिङ हिन्दुस्तानको गर्व हो , अब दार्जीलिङबाट जितेर गई दिल्ली क्याप्चर गर्नुपर्छ, दिल्लीमा सरकार परिवर्तन गर्नुपर्छ, तपाईहरूले एक नम्बर घाँस फूलको चिन्हमा भोट हाल्नु हवस ,हामी एक नम्बर हौं, दार्जीलिङ एक नम्बर हो।”

जीटीए उपाध्यक्ष अनित थापाको अध्यक्षता र बलराम छेत्रीको सञ्चालनमा सम्पन्न जनसभालाई प्रार्थी अमरसिंह राई, उपाध्यक्ष अनित थापा, करूणा गुरुङ, छिरिङ दाहाल, एलबी राईले पनि सम्बोधन गरेका थिए भने स्वागत सम्बोधन किशोर थापाले राखेका थिए।

Related Posts

leave a comment

Create Account



Log In Your Account