रेडियो सलेशियन 90.8 एफएमद्वारा विश्व रेडियो दिवस पालन

रेडियो सलेशियन 90.8 एफएमद्वारा विश्व रेडियो दिवस पालन

प्रतिविम्ब न्यूज

खरसाङ 14 जनवरी।

सामुदायिक रेडियो , रेडियो सलेशियन 90.8 एफएमको तत्त्वाधानमा 13 फरवरी बुधबारको दिन विश्व रेडियो दिवस पालन गरिएको छ। उक्त
कार्यक्रममा रेडिय सलेशियनद्वारा तयार पारिएको भिडियोमा विभिन्न स्थानका श्रोताहरूले दिएका सकरात्मक प्रतिक्रियाहरू पनि देखाईएको थियो। यस कार्यक्रमको सञ्चालन आरजे ब्र्यानले गरे भने कार्यक्रममा आरजे परिवारले रेडियो सलेशियनका निर्देशक फादर सीएम पावललाई सम्बर्ध्दना पत्रस प्रदान गरी सम्मान जनाईएको छ। विशेषगरी कार्यक्रममा आरजेहरूद्वारा प्यानल डिस्कशनमा सहभागी बनेका थिए।यस कार्यक्रममा आरजे समीरले रेडियो क्याम्पसको बारेमा चर्चा गरेका थिए। उनले रेडियोले हाम्रो जीवनमा के कस्तो परिवर्तन ल्याएको छ भन्ने कुरा राखेका थिए। कार्यक्रममा साँस्कृतिक नृत्य पनि राखिएको थियो भनी आरजे समीर छेत्रीले जानकारी दिएका छन्।

Related Posts

leave a comment

Create Account



Log In Your Account