ताजा खबर :

सिटोङको पर्यकटीय स्थानहरूमा बंगला फिल्मको शुटिङ

सिटोङको पर्यकटीय स्थानहरूमा बंगला फिल्मको शुटिङ

प्रतिविम्ब न्यूज

खरसाङ 8 फरवरी।

सिटोंगको पर्यटकीय क्षेत्रहरूमा बंगला फिल्मको सुटिङ भइरहेको छ। यस समय सिटोंगले ग्रामीण पर्यटन क्षेत्रमा निक्कै उन्नति गरिरहेका छन्। सिटोङ अहिले पर्यटन व्यावसायमा ठूलो फर्को मारेर अघि बढ़िरहेका छन्। पर्यटकहरूको लागि सिटोङ पहिलो गन्तव्य बन्दै गईरहेका छन् भने पर्यटकहरू मात्रै होइन तर फिल्मी दुनियाँका मानिसहरू एंव फिल्म निर्माता – निर्देशकहरूका लागि पनि सिटोङ पहिलो गन्तव्य बन्दै जाँदाछन्।

यसै क्रममा सिटेंगको प्राकृतिक सुन्दरता र पर्यटकीय स्थानहरूमा बंगला फिल्मको सुटिङ शुरू भएको छ। सुजय भौमिकको निर्देशन, रिना भौमिकको निर्माण, अरित्र दत्त बनिकको सिनेमाग्राफी र सम्पादनमा बंगला फिल्म “द बेस्ट सेलर” नामक फिल्मको सुटिङ चलिरहेको छ। यस फिल्ममा पात्र पात्राको भूमिकामा अतानु मित्र, सौम्यजित बिश्वास, अमीत पायरा, रिना भौमिक, बिप्लव हल्दार, सायानी आदि रहेका छन्। 

यो फिल्मको सुटिङ सिटोङ 1 स्थित याक्सा होम स्टेमा पनि गरिएको जानकारी सिटोङबाट डिगेल लेप्चाले दिएका छन्। उनले यो फिल्म निर्माता निर्देशकहरूले सिटोङको प्राकृतिक सुन्दरता र पर्यटकीय स्थानहरूबाट आकर्षित भएर फिल्मको शुटिङ गर्न यहाँ आएको पनि जनाएका छन्।

Related Posts

leave a comment

Create Account



Log In Your Account