युकेएफसीले तीन वर्षको लागि अनुबन्ध गरे 12 जना खेलाड़ीहरूलाई

युकेएफसीले तीन वर्षको लागि अनुबन्ध गरे 12 जना खेलाड़ीहरूलाई

प्रतिविम्ब न्यूज

खरसाङ 3 फरवरी।

खरसाङको पुरानो फुटबल क्लब युनाईटेड खरसाङ फुटबल क्लबले आफ्ना खेलाड़ीहरूलाई अनुबन्ध गराएका छन्। शनिबार खरसाङस्थित क्लबको पदाधिकारीवर्ग र प्रतिनिधिहरू लगायत संरक्षकहरूका उपस्थितिमा खेलाड़ीहरूलाई अनुबन्धको लागि हस्ताक्षर गराएका छन्। यस अवसरमा युकेएफसीले तीन वर्षको लागि 12 जना खेलाडीहरूलाई आधिकारिक रूपमा अनुबन्धमा हस्ताक्षर गराएका छन्। खेलाड़ीहरूले कुनै पनि अन्य पेशादार फुटबल क्लबमा खेल्न मौका पाए वा जान चाहे कुनै पनि समय क्लबले आफ्नो कतिपय नियमहरू पूरा गरेर खेलाड़ीहरूलाई रिलिज गर्ने भएका छन्। क्लबले कुनै पनि खेलाड़ीलाई उसको खेललाई हेरेर उन्नतिको लागि भविष्य हेरेर नै अनुबन्ध गरेको तथा खेलाड़ीहरूको असल भविष्य निर्माण हुन सकोस् भनेर नै यो अनुबन्ध गरेको युकेएफसीको अफिसियल चिराग तिवारीले बताएका छन्। युकेएफसीले योभन्दा पहिला पनि खेलाड़ीहरूलाई अनुबन्ध गरेर पेशादार फुटबल खेलमा खेलाड़ीहरूलाई अग्रसर गराईरहेका छन् । युकेएफसी खरसाङकै स्थानीय खेलप्रेमीहरू र फुटबल खेलाड़ीहरूले सन् 1989 मै स्थापना गरेका हुन्। त्यसताकदेखि नै फुटबलमा स्थानी खेलाड़ीहरूलाई फुटबलमा प्रोत्साहन गर्दै आईरहेका छन्। यस क्लबबाट खेलाडीहरू विभिन्न प्रसिद्ध पेशादार फुटबल क्लबतिर पनि खेलिसकेका छन् भने यहाँबाट राष्ट्रियस्तरका खेलाड़ीहरू पनि जन्मिसकेका छन्। केही वर्ष यतादेखि युकेएफसीले स्थानीय राम्रा खेलाडीहरूलाई क्लबमा अनुबन्ध गराएर फुटबलमा प्रोत्साहन गराउँदै खेलसितै आयस्रोतको लागि पनि अघि लगिरहेका छन्।

Related Posts

leave a comment

Create Account



Log In Your Account