सिसामले प्रकाशित गर्ने हाम्रो शुरूआत

सिसामले प्रकाशित गर्ने हाम्रो  शुरूआत
प्रतिविम्ब न्यूज
सिटोङ 5 जनवरी।
सिटोङ १,२,३लाई लिएर “सिटोङ साहित्य मञ्च”को गठन भयो। सिटोङ साहित्य युवा मञ्चले समसामयिक साहित्यिक पत्रिका “हाम्रो शुरुआत ” सातौ अंक सम्म प्रकाशित गरेर बन्द भएको उक्त मञ्चलाई नयाँ नामकरण गरेर फेरि “हाम्रो शुरुआत ” लाई पुनः प्रकाशन गर्ने योजना लिएर ” सिटोङ साहित्य मञ्च”को गठन गरिएको छ। लगायत विभिन्न तहमा साहित्यिक गोष्ठीहरु पनि गर्ने योजना रहेर बनाएको उक्त नव गठित मञ्चमा सभापति एल बी थापा, उप सभापति लाडुप रोङकप, सचिव जितेन्द्र खवास अमूर्त, सह-सचिव सह  मिलन लामा कोषाध्यक्ष महेन्द्र थापा, सह कोषाध्यक्ष शुशिल मुखिया, सल्लाहकार प्रकाश हाङखिम र विकास खवास लगायत कार्यकारी सदस्य बुनु शर्मा, निर्णय तामाङ, अविनय तामाङ आदिलाई लिएर चयन गरिएको छ।

Related Posts

leave a comment

Create Account



Log In Your Account