आप्पा फिल्मको पहिलो गीत ‘हावा सरर…’ सार्वजनिक

आप्पा फिल्मको पहिलो गीत ‘हावा सरर…’ सार्वजनिक

प्रतिविम्ब न्यूज

कालेबुङ 24 दिसम्बर।

नेपाली फिल्म आप्पाको पहिलो गीत सार्वजनिक गरिएको छ। आगामी वर्ष 7 जुन 2019 का दिन नेपाल अनि 14 जुन 2019 का दिन भारतव्यापी रिलिज हुने अप्पाको पहिलो गीत आज सार्वजनिक गरिएको हो।

सिनेमा क्याफेमा आयोजित एक कार्यक्रममा फिल्मको पहिलो गीत ‘हावा सर..र’ युट्युब मार्फत् सार्वजनिक गरिएको छ। मुख्य अतिथिका रूपमा उपस्थित रहेका फानुस सादा लेप्चाको बाहुलीबाट उक्त गीतको माउन्टेन स्टोरिजको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक गरिएको छ।

फिल्ममा मुख्य भूमीका देखिएका कलाकार दयाहाङ राईको यस गीतमा पनि दमदार प्रस्तुति देखिएको छ। जसको सम्पूर्ण छायाङ्कन दार्जीलिङ पहाडको चर्चित पर्यटन स्थल सन्दकपुमा गरिएको छ।

आज सार्वजनिक गरिएको गीतमा फिल्मका निर्देशक अनमोल गुरुङको संगीत, उमेश उपमाको शब्द रहेको छ भने थुप्देन भुटिया अनि स्नेहाश्री थापाद्वयको स्वरवद्ध रहेको छ।

सिनेमा क्याफेमा आयोजित उक्त गीत सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गायक थुप्देन भोटिया अनि गायिका स्नेहश्री थापाले गीत सुन्दर रहेको बताउँदै दर्शकवर्गले पनि उक्त आप्पा फिल्नको गीतलाई रूचाउने आशा व्यक्त गरेका छन्। यसका साथै निर्देशक अन्मोल गुरुङले पनि फिल्मको पहिलो गीतले सबैलाई छुनसक्ने बताउँदै फिल्मका सबै गीतहरूले फिल्मकै कथालाई अघि बडाउने कार्य गरेको बताएका छन्।

यसक्रममा निर्माता रूदेन सादाले फिल्म राम्रो कथामा आधारित रहेको भन्दै यसले प्रत्येक मानिसको मनलाई छुनेसक्ने बताए। यता कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित फानुस सादा लेप्चाले आप्पा फिल्मको पहिलो गीत दमदार रहेको बताउँदै फिल्म रिलिज भएपछि यसले नेपाली फिल्मको बजारमा धमका मच्चाउन सक्ने बताएका छन्।

फिल्ममा चर्चित कलाकार दयाहाङ राईसँगै अरूणा कार्की, तुलसी घिमिरे जस्ता कलाकारहरूको प्रस्तुति रहेको छ भने सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चा जस्ता नवोदित कलाकारहरूको पनि प्रस्तुति रहेको छ।

Related Posts

leave a comment

Create Account



Log In Your Account