गोजमुमोको समष्टि भ्रमण शुरू

गोजमुमोको समष्टि भ्रमण शुरू

प्रतिविम्ब न्यूज

दार्जीलिङ, 23 नोभेम्बर।

गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङ महकुमाअन्तर्गत पर्ने समष्टि भ्रमण शुरू गर्यो। यसै क्रममा आज महकुमा समितिको प्रतिनिधि टोलीले तकलिङ-पेशोक समष्टिको भ्रमण गर्यो। यस समष्टि भ्रमणको क्रममा नै आज कोलबुङ सार्वजनिक भवनमा एक सभाको आयोजना गरियो। गोजमुमो महकुमा समिति अध्यक्ष आलोक कान्तमणि थुलुङको अध्यक्षतामा भएको यस सभामा पार्टीलाई दह्रिलो बनाउने विषयमा गम्भीर चर्चा-परिचर्चा भएको थियो। यसैबीच, समष्टि संचालनको निम्ति मणिकुमार राईलाई समष्टि संयोजक मनोनित गरियो भने अबको एक महीनाभित्र प्रत्येक शाखा अनि भातृ संगठनहरूका प्रतिनिधिहरूको उपस्थितिमा समष्टि समितिलाई पुनर्गठन गरिने भएको छ। यस सभामा गोजमुमो केन्द्रिय समिति उपाध्यक्ष सतीश पोखरेल, केन्द्रिय कोर कमिटी सदस्य नगेन्द्र प्रधान, केन्द्रिय समिति सदस्य रमेश लामा, टीएन नर्बु, महकुमा सचिव शरद राई, सहसचिवा सञ्जिला छेत्री, सांगठनिक सचिव प्रमोद शर्मा, समष्टि सचिव मणिकुमार राई, युवा मोर्चा सभापति सुनिल ग्याबा, सचिव डेन्डुप शेर्पालगायत अन्य उपस्थित थिए।

फोटोः समष्टि भ्रमणबीच भएको सभा।

Related Posts

leave a comment

Create Account



Log In Your Account