ताजा खबर :

सप्लिमेन्टरी स्वयंसेवी शिक्षकहरूले पनि बनाए संगठन : स्थायीकरणको माग चर्काउने

सप्लिमेन्टरी स्वयंसेवी शिक्षकहरूले पनि बनाए संगठन : स्थायीकरणको माग चर्काउने

प्रतिविम्ब न्यूज

दार्जीलिङ 20 नोभेम्बर।

पहाडका स्कुलहरूमा धेरै वर्षदेखि स्वयमंसेवीको रूपमा खट्दै आएका शिक्षकहरूले आज  दार्जीलिङमा एउटा सभाको आयोजना गरी आफ्नो साथै स्कुलको भविष्यबारे छलफल गरे। आफुहरू सप्लिमेन्टरी स्वयंमसेवी शिक्षक (Supplementary Volunteer Teachers)अन्तर्गत रहेको अनि आज सम्म नियुक्तिको कुनै प्रकृयिया शुरू नभएकोलेनै आजको सभा डाकिएको कुरो प्रविन सुब्बाले जनाएका छन्।

पहाडमा एसएससी लागु छैन। साथै पहाडका विध्यालयहरूमा धेरै वर्ष अघिदेखि स्वयंमसेवी शिक्षकहरूले चलाउदै आइरहेका छन्। विगतमा जिटिए, बगांल सरकार अनि एसएससीको परस्पर पहलमा धेरैले नियुक्ति पाए। अझ 271 जना स्वयमंसेवी शिक्षकहरूको भेरिफिकेसन भइसकेको छ र उनीहरूले झट्टै नियुक्ति पाउन अनि रहेका सप्लिमेन्टरी स्वयंमसेवी शिक्षकहरूको पनि सम्वन्धित विभागले भेरिफिकेसन गरी नियुक्ति प्रक्रियलाई अघि बडाएको हुनुपर्ने कुरो प्रवीन सुब्बाले जनाए।

आजको सभामा विभिन्न स्कुलहरूबाट स्वयंमसेवी शिक्षकहरूले उपस्थिति दिएका थिए भने सबैले आ-आफ्नो मत् दिएर स्कुल साथै आफ्नो भविष्बारे चिन्ता ब्यक्त गरे। दुई घण्टा भन्दा अधिक चलेको यस सभाले धेरै छलफल पश्चात्  छोडिएका शिक्षकहरूलाई दह्रिलो पार्न आजदेखि यसलाई एउटा संगठनको रूप दियो अनि आगामी कार्यक्रमहरूलाई सांगठनिक रूपमा अघि बडाउदै लाने निर्णय लियो साथै यस संगठनको नाम “सप्लिमेन्टरी स्वयंमसेवी शिक्षक संगठन (Supplementary Volunteer Teachers Organisation, SVTO) रहने छ। प्रविन सुब्बालाई अहिलेको लागी मुख्य संयोजकको रूपमा चयन गरिएको छ भने स्कुलहरू बाट एक वा दुई जनालाई प्रतिनिधिको रूपमा चयन गरिएको छ।

यस संगठनले अब उसो लागातार रूपमा सभा गरेर समाधानको सुत्र खोजी निकाल्ने कुरो पनि प्रविन सुब्बाले जनाएका छन्।

Related Posts

leave a comment

Create Account



Log In Your Account