पर्जा पट्टाको नाममा टाईटल डिट बाँढ़ेर आँखामा धुलो हाल्ने काम गरेकोले हामी हाई कोर्ट जाने – गोरानिमो

पर्जा पट्टाको नाममा टाईटल डिट बाँढ़ेर आँखामा धुलो हाल्ने काम गरेकोले हामी हाई कोर्ट जाने – गोरानिमो

प्रतिविम्ब न्यूज

खरसाङ 20 नोभेम्बर।

गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा र हिमालयन भिलेज प्रोटेक्शन अर्गनाईजेशन कम्टी मिलेर संयुक्त रूपमा बनवासीहरूको अधिकारको लागि हाईकोर्ट जाने भएको छ। उक्त कुरा गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा ( गोरानिमो) को संयुक्त महासचिव सुदर्शन राईले खरसाङमा पत्रकार सम्मेलन डाकेर बताएका छन्।

तिनले यहाँ पर्जापट्टाको नाममा टाईटल डिट बाँड़िरहेको आरोप लगाउँदै पर्जापट्टाको नाममा आँखामा धूलो हाल्ने काम भईरहेको बताए। उनले भने -“बनवासीले पाउनुपर्ने पर्ने पर्जापट्टाको कुरा 2006 को कानुन अनुसार हो जुन कानुनमा टाईटल डिटको कुरा थियो ,त्यो कुरा पास भएपछि विरोध भएकोले 2012 मा संशोधन गरियो ।  पर्जापट्टाको नाम गरेर टाईटल डिटको लागि महकुमा र जिल्ला स्तरीय कमिटी बनाइएको तर यसमा कोही पनि निर्वाचित सदस्य छैनन् तर कानुन अनुसार ग्राम सभादेखि महकुमा र जिल्ला स्तरीय  कमिटी बनिनु पर्ने हो।यहाँ टाईटल डिटको लागि दुईवटा कमिटी बनिनु गैर कानुनी हो । त्यसैले हामी वनवासीको अधिकार र पर्जा पट्टाको लागि हामी गोरानिमो र लिला गुरुङ मिलेर संयुक्त रूपमा हाईकोर्ट जाने छौं।”

पत्रकारहरूलाई गोरानिमो संयुक्त महासचिव सुदर्शन राईले पर्जापट्टाको नाममा टाईटल डिट  बाँड़नु गैरकानुनी हो, यो खारेज हुनुपर्छ,यस कुरामा वनवासीहरू पनि एकदमै सतर्क रहनुपर्छ अनि पर्जा पट्टाभन्दा 1 ईन्च पनि तल झर्नु हुँदैन कारण यो रेलवे प्रोजेक्टको सिफारिशको लागि मात्र हो भनी बताएका छन्। उनले दुईवटा कमिटी बनाएर पर्जापट्टाको बद्लीमा टाईटल डिट बाँड़नु पनि मुख्यमन्त्री आउँदा उनकै हातबाट दिइयो तर वनवासीहरू कोही नगएपनि पुलिस लगाएर लगिएको पनि आरोप लगाएका छन्। सुदर्शन राईले अघि भने – “पर्जापट्टा बाँढ़न अघि सरकारी नोटिफिकेशन निक्लेको हुनुपर्छ कारण सरकारी नोटिफिकेशनपछि यहाँ रेभिन्यु भिलेज हुनुपर्छ जसरी जलपाईगुढ़ी र अलिपुरद्वारमा 69 वटा फरेष्ट भिलेजलाई रेभिन्यु भिलेजमा परिणत गरियो। तर यहाँ त पर्जा पट्टाको नाममा टाईटल डिट बाँड़ेर रेलवे प्रोजेक्टको लागि आँखामा धुलो हाल्ने काम गरिन्दैछ जुन रोक्नुपर्छ।”

Related Posts

leave a comment

Create Account



Log In Your Account