१६औं फाल्गुनन्द लिङ्देन जन्म जयन्ती पालन

१६औं फाल्गुनन्द लिङ्देन जन्म जयन्ती पालन

प्रतिविम्ब न्यूज

रिम्बिक 14 नोभेम्बर।

किरात धर्म साहित्य उत्थान सघं भारत प्रान्तीय दार्जिलिङ जिल्ला समिति बासबोटे शाखाद्वारा किरात धर्म गुरु दार्शनिक एवं नेपाल राष्ट्र १६औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देन १३४ औं जन्म जयन्ती भव्यरुपमा मनाइयो।

कार्यक्रम भुपु शाखा सभापति वरिष्ठ नागरिक जस बहादुर काम्बाङको सभापतित्वमा सञ्जीव  नुगो मुरिंला र नन्दकुमार लोक्सम द्वारा संचालित गरिएको थिए।कार्यक्रममा संस्कृतिक धार्मिक साथै महागुरु तस्बिर अघि दीप प्रज्वलन गरि श्रद्धा अर्पण गरियो। अर्कोतिर अशिस काम्बाङद्वारा संचालीत साहित्यिक सत्रमा क्षेत्रका कवि किरण नाम्साङ (काम्बाङ),श्रीमती माङहाङमा लिम्बु,जीवन लिवाङ,सुरेन सुब्बा पेलुङवा,असित काम्बाङ,मनिकुमार काम्बाङ,द्वारा कविता प्रस्तुत गरेका थिए।

कार्यक्रममा शाखा सभापति राम चन्द्र काम्बाङले महागुरु फाल्गुनन्द लिङदेन ज्यु को जिवनी र किरात धर्मको उदेश्य एंव सन्दर्भीक अौचित्य माथि उपस्थित धर्मलम्बि एंव धर्म प्रेमिहरुमा प्रकाश पारे कार्यक्रममा वरिपरिका गाउँहरु लामा गाव,सिरिसे लिङतेन नामला,कंकेबुङ,लिङसेबुङ,फटिन्टार,आदि स्थानबाट किरात धर्मावलम्बीहरु अथितिरुपमा कार्यक्रममा उपस्थित थिए भनि संयोजन टोली सदस्य अनिता काम्बाङ ,किशोर काम्बाङ ,र सुनिता सेन्दाङ ले संयुक्त विज्ञप्ति गरेको छन्। बासबोटे बजारमा धर्मिक नारा र बिश्वशान्ति मानवएकताको नारा द्वारा नगरपरिक्रमा साथमा शुरुआत गरियो अर्कोतिर भारत प्रान्तिय जलपाईगुरि ,अासम सिक्किम दार्जिलिङ लगायत विभिन्न किरात धर्म तथा साहित्य उत्थान संक समितिले महागुरु फाल्गुनन्द जन्म जयन्ती भव्यरुपमा पालन गरेको संयोजन समिति सदस्य देवकि काम्बाङले बताएका छन्

Related Posts

leave a comment

Create Account



Log In Your Account