उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न

उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न

प्रतिविम्ब न्यूज

सुके पोखरी, 3 नोभेम्बर।

सुके खण्डको नागरी फार्म उच्चतर माध्यमिक विद्यालयमा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न भयो।प्रधानाध्यापक एसके छेत्रीको उपस्थितिमा सम्पन्न यस कार्यक्रमको प्रथम चरणमा उपभोक्ताको अधिकार सुनिश्चित विषय केन्द्रित सन्देशहरू लेखिएको प्लाकार्ड लिएर ऱयाली निकालिएको थियो।

कार्यक्रमको दोस्रो चरणमा विद्यार्थीवर्गमाझ पोस्टर तथा बस अनि चित्र बनाऊ प्रतियोगिता आयोजना गरिएको थियो।जसमा पहिलो,दोस्रो अनि  तेस्रो स्थानमा  सफल विद्यार्थीहरूलाई पारितोषिक वितरण गरियो। कार्यक्रममा प्रधानाध्यापक छेत्री, शिक्षक सीडी बान्तावा, एसबी राई आदिले उपभोक्ताको अधिकारमाथि  प्रभावशाली वार्ता राखे।

Related Posts

leave a comment

Create Account



Log In Your Account