बन्दावधिको क्षतिपूर्तिबाट भरपाईको सोंच

बन्दावधिको क्षतिपूर्तिबाट भरपाईको सोंच

प्रतिविम्ब न्यूज

दार्जीलिङ, 7 अक्टोबर।

15 प्रतिशतको बोनस नथापी छैन उपाय, बन्दावधिको क्षतिपूर्तिबाट नै गर्ने भरपाई। हाल दार्जीलिङ पहाडका विपक्षी श्रमिक संगठनहरू यसै विकल्पलाई अप्नाएर चियाश्रमिकहरूको दशैंमा रौनकता ल्याउन चाहन्छन्। यसैले चाहे जीटीएले होस् वा राज्य सरकारले दार्जीलिङ पहाडका चियाश्रमिकहरूलाई गत वर्षको 104 दिने पहाड बन्दको क्षतिपूर्ति दिनुपर्ने मागमा अडिग छ क्रामाकपाको श्रमिक संगठन दार्जीलिङ तराई डुवर्स चियाकमान मजदूर युनियन। जसले यो माग लिएर जोइण्ट फोरममार्फत जीटीएलाई ज्ञापन दिने मन बनाएको छ र यसको लागि भोलि वा पर्सी जोइण्ट फोरमको बैठक पनि डाक्ने घोषणा गरेको छ। यति मात्रै होइन, गोरामुमोको श्रमिक संगठन एचपीडब्लुयू (हिमालयन प्लान्टेशन वर्कर्स युनियन)-को पनि यस्तै सोंच र योजना छ। यसले पनि चियाश्रमिकहरूलाई पहाड बन्दावधिको क्षतिपूर्ति दिनुपर्ने माग उठाएको छ। यसबारे दार्जीलिङ तराई डुवर्स चियाकमान मजदूर युनियनका सचिव सुनिल राईले भने-दार्जीलिङ पहाडमा गोर्खाल्यान्डको आन्दोलन चर्काएर पहाडलाई 104 दिनसम्म अचल बनाउने पार्टीका नेताहरू नै हाल जीटीएको चौकीमा बसिरहेका छन्। यसैले उनीहरूले पहाडका चियाश्रमिकहरूलाई बन्दावधिको क्षतिपूर्ति दिलाइदिनपर्छ अनि यो उनीहरूको दायित्व पनि हो।

पहाड बन्दावधिको क्षतिपूर्ति सरकारी कर्मचारी, शिक्षक-शिक्षिकाहरूले पाउँछन् भने चियाश्रमिकहरू यस सुविधाबाट किन वञ्चित बनिरहेका छन्। संसारकै सबैभन्दा कम्ति दैनिक रोजी पाउने दार्जीलिङ पहाडका चियाश्रमिकहरू बन्दावधिको क्षतिपूर्ति पाउनबाट वञ्चित बनिरहेकै समय उनीहरूलाई 20 प्रतिशतको  दरले दिनुपर्ने बोनसबाट पनि वञ्चित बनाइएको छ। यसको लागि गोजमुमोको श्रमिक संगठन सरासर दोषी छ। यसैले पहाडका चियाश्रमिकहरूले को र कुन पार्टी श्रमिक विरोधी छ भन्ने विषयलाई बुझ्नपर्छ अनि श्रमिकको हित चाहने संगठनलाई नै सहयोग प्रदान गर्नुपर्छ। राईले भने-यसपाली चियाश्रमिकहरूले कम्ति दरको बोनस मात्रै पाउँदैनन्, उनीहरूको भविष्यनिधि कोष, ग्रेच्यूटी आदिमा पनि यसले असर पार्नेछ। यसैले हाल जीटीए सञ्चालन गर्ने पार्टीको श्रमिक संगठनले नै 15 प्रतिशत दरको बोनसमा सहमति जनाएपछि यो पार्टीद्वारा सञ्चालित जीटीएले नै पहाडका चियाश्रमिकहरूलाई पहाड बन्दावधिको क्षतिपूर्ति दिनुपर्छ।

फोटोः सुनिल राई।

Related Posts

leave a comment

Create Account



Log In Your Account