Darjeeling Online Nepali News Portal
प्रतिविम्ब न्यूज
रेलिङ 2 अक्टोबर।
रेलिङ ग्राम पञ्चायत अधिनस्त माथिल्लो रेलिङ “शेर्पा गाउँ सोसीयल यूथ क्लब”-द्वारा स्थानीय शेर्पा गाउँ प्राथमिक पाठशाला खेल मैदानमा खुल्ला लात्ते भकुण्डो प्रतियोगिता (मिनी पोस्ट) को उद्धाटन समारोह स्थानीय समाजसेवक दोर्जी शेर्पाको सभाध्यक्षतामा, साथै विशिष्ट अतिथि स्थानीय वार्ड सदस्य राजु छेत्री, मुख्य अतिथि शेर्पा बोर्डका सभापति तेञ्जिङ शेर्पा, पाठशालाका सहशिक्षक नर्बु शेर्पा, सहशिक्षिका कल्पना गुरुङ, स्थानी बन विभाग कर्मचारी एम° बी° शेर्पा, कवि तथा प्राध्यपक कर्ण विरह, प्राध्यपक ग्रयाप दोर्जी शेर्पा साथै स्थानीय बुडापाका आदिको उपस्थितिमा समपन्न भयो ।
पाल्देन शेर्पाद्वारा सञ्चालन गरिएको कार्यक्रम सभापति, मुख्य अतिथि साथै विशिष्ट अतिथिको बहुलीबाट राष्ट्रपिता महात्मा गान्धीको तस्विरअघि दीप प्रज्वलन गरी दुई मिनेटको मौन धारणसितै आरम्भ गरियो।कार्यक्रममा सञ्चालन समीतिको तर्फबाट फूर्बा शेर्पाले स्वागत् सम्भाषण राखे भने विशिष्ठ अतिथि राजु छेत्रीले युवाहरूको प्रशंसा गर्दै भने आज युवा भोलि देशको कर्णधार हुन् ।यसैले भविष्यमा यस्ता असल-असल कार्यक्रमहरु गर्ने सल्लाह सुझाव दिए ।उनले आयोजक कमिटीलाई ट्रफी प्रदान गरिदिने पनि वचन दिए । निमदावा शेर्पाले नव “सोसियल यूथ क्लब”का युवा भाइहरुले गाउँका निम्ति यो ठूलो कार्यक्रम गरेको छ । गाउँमा धेरै समयको अन्तरालपछि यस मैदानमा खेल आयोजना भयो ।हामी धेरै हर्षित छौँ भनी बताए ।
मुख्य अतिथि तेञ्जिङ शेर्पाले आफ्नो सम्बोधनमा अप्पर शेर्पा गाउँमा सरकारी सहयोगबाट होम स्टे निमार्ण कार्यको योजना बनाइरहेको बताए ।उनले यूथ क्लबलाई हर किसिमको सहयोग पुर्याउने पनि भरोसा दिए ।आजको उद्धाटन खेल गौरीटार, लङ्गुरदाङ बनाम लामा फाइप, साम्सु माझमा खुबै रोमाञ्चक भिड़न्त देख्न पाइयो।साठ्ठी मिनेटको अवधी खेलाइएको आजको खेलमा गौरीटारले 0 विरुद्ध 1 गोल गरी लामा फाइप साम्सुलाई प्राजित गरेको छ ।आजको पहिलो हाफमा अनि दोस्रो हाफमा पनि दुई पक्षवटा कुनै गोल गर्न सकेन।खेलमा कुनै निर्णय नभएपछि गोल निर्णायक नर्बु शेर्पाले पाँच -पाँच मिनेटको अतिरिक्त समय खेलाए। जसमा गौरीटारका खेलाड़ी रञ्जित राईले एक गोलसितै आफ्नो दललाई जित दिलाउन सफल बने । कार्यक्रममा स्थानीय नानीहरुद्वारा देशभक्ति साथै अन्य संस्कृति नृत्यहरू पनि प्रस्तुत गरियो भने स्थानीय दर्शकहरूको पनि बाक्लो उपस्थिति रहेको थियो ।