ताजा खबर :

अप्रेल महीनामा आउने हम जायगा

अप्रेल महीनामा आउने हम जायगा

प्रतिविम्ब न्यूज

दार्जीलिङ, 18 सितम्बर।

अर्को वर्षको अप्रेल महीनाभित्रमा हम जायगा दर्शकअघि आउनेछन्। जसको शुभ मुहुर्त आज स्थानीय महाकाल मन्दिरमा चलचित्र निर्देशक प्रताप सुब्बाको बाहुलीबाट गरियो।

दार्जीलिङको बैष्णवी प्रोडक्शनले हम जायगाका जोक्सलाई लिएर हम जायगा नामक चलचित्र निर्माण गर्ने भएको छ। जुन चलचित्र अर्को वर्षको अप्रेल महीनाभित्र दर्शकअघि  आउने निश्‍चित भएको यसै चलचित्रका निर्देशक आदित्य रायाले बताए। यस चलचित्रमा दार्जीलिङ पहाडका प्रसिद्ध कलाकारहरू क्रमैले ललित गोले, जीवन गुरूङ, अनुप त्रिखत्री, हेमन्त गिरीका साथै अन्य रहनेछन्। यसैको जानकारी गराउँदै रायाले भने-विगतदेखि हालसम्म देश-विदेशका विशेष नेपाली समुदायले हम जायगाका जोक्सहरू सुन्थे अनि हाँस्थे। तर अब उनका जोक्सहरूलाई समेटेर चलचित्रको निर्माण हुनेछ, जसले पक्कै जनताको मन छुने बैष्णवी प्रोडक्शनले आशा व्यक्त गरेको छ। यसै विषय लिएर चलचित्र निर्देशक प्रताप सुब्बाले कला, साहित्य, संस्कृतिलाई बँचाउने कलाकारहरूलाई टेवा दिने काम सबैले गर्नुपर्ने आह्वान गरे।

हम जायगाका जोक्सहरू सुनेर हामी हाँस्थ्यौं अनि खुब रूची राखेर उनका जोक्सहरू सुन्थ्यौं। जसलाई बैष्णवी प्रोडक्शनले चलचित्रको रूप दिने साहस गरेको छ, जुन सराहनीय छ। यसरी नै पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा कलाकार ललित गोले (भानु-पाला नाटकका पाला)-ले पनि विशेष भाषालाई ध्यान दिनुपर्ने अपील गर्दै उऩले विगत 30 वर्षदेखि यसमाथि विशेष पहल गर्दै आइरहेको बताए। उनले भने-हामीले नै नेपाली भाषाको प्रयोग ठीकसित गरेनौं भने अन्य समुदायले यसलाई कसरी सही प्रयोग गर्छ? यसैकारण हामीले नाटक, चलचित्रको माध्यमबाट भाषालाई सहीप्रकारले बोल्ने साथै प्रयोग गर्ने काम गर्नुपर्छ। स्मरण गराइन्छ, दार्जीलिङको मेरीबुङ चियाबगानमा सन् 1922-मा जन्म ग्रहण गरेका दलबहादुर गुरूङ 80-को दशकदेखि हम जायगाको नामले प्रख्यात भएका हुन्। जसको नाममा जोक्सका पुस्तकहरू पनि प्रकाशमा आउने गर्थ्यो। जसले सन् 1985-मा निर्माण भएको चलचित्र कुसुमे रूमालमा पनि संक्षिप्त अभिनय गरेका छन्। उनै व्यक्तित्वको नाममा बैष्णवी प्रोडक्शनले चलचित्र तयार पार्न शुरू गरेको छ। रायाले यस चलचित्रको सुटिङ दार्जीलिङ, कालेबुङ, सिक्किमको सीमा क्षेत्रलगायत सन्दकफू, फालुट आदि स्थान गरिने तय गरिएको पनि जानकारी गराए।

फोटोः हम जायगा चलचित्रका कलाकारहरू।

Related Posts

leave a comment

Create Account



Log In Your Account