दार्जीलिङका आशिष सिटीजन स्क्वाडमा

दार्जीलिङका आशिष सिटीजन स्क्वाडमा

प्रतिविम्ब न्यूज

दार्जीलिङ 11 सेप्टेम्बर।

भारतको सुप्रशिद्ध फिटनेस रियालिटी सो सिटीजन स्क्वाडमा बीस हजार प्रतियोगीहरूलाई उछिन्दै शीर्ष १२ मा पुगेर सम्पूर्ण गोर्खाहरूलाई गर्वित तुल्याएका छन् दार्जीलिङका आशिष स्याङ्बोले। पेशाले इन्जीनियर आशिषले अगस्त महिनामा उक्त रियलिटी शो-को कलकत्ता अडिसन पास गरेका थिए। दिल्लीमा भएको फाइनल अडिसनमा देशभरिका पेशावर फिटनेस प्रतियोगीहरूसित धेरै कठिन प्रतिस्पर्धा गर्दै टप १२ मा छनौट भएका आशिष यसै महिनाको अन्ततिर डिस्कभरी च्यानलको फिटनेस रियालिटी सो सिटीजन स्क्वाडमा देखा पर्नेछन्।

रम्माम हाइडल प्रोजेक्टमा कार्यरत आशिष कैयौं वर्षदेखि बिहान-बेलुकी नियमित रूपमा तीनचार घण्टा व्यायाम गर्छन् भने तिनी शुद्ध शाकाहारी हुन् । सुके पोखरी निवासी महेन्द्र स्याङ्बो अनि शबनम स्याङ्बोका सुपुत्र आशिषको यो उपलब्धिमा सम्पूर्ण परिवार हर्षित बनेको छ । अब आशिषको नजर यो प्रतियोगिताको ताजतिर केन्द्रित छ । आशिष अहिलेको परिस्थितिमा सम्पूर्ण युवाहरूको निम्ति रोल मोडेल बन्न सक्छन्। निरन्तर अभ्यास र मेहनतलाई सफलताको मूल मन्त्र ठान्ने आशिषले यदि उक्त प्रतियोगिताको ताज हत्याउन सके उनी दार्जीलिङको युवाहरूको आइकन बन्न सक्नेछन्।

Related Posts

leave a comment

Create Account



Log In Your Account