स्फुरण साहित्य प्रकाशनले धुमधामले भाषा दिवस मनाइने

स्फुरण साहित्य प्रकाशनले धुमधामले भाषा दिवस मनाइने

प्रतिविम्ब न्यूज

सिक्किम 22 अगस्त।

स्फुरण साहित्य प्रकाशन’ मङ्गलबारे पश्चिम सिक्किमले यसपटक धुमधामसित 27 औँ  नेपाली भाषा मान्यता दिवस पालन गर्ने भएको छ । उक्त कार्यक्रम 19 र 20 अगस्तको दिन हुने निश्चित भएको हो । तर सिक्किम राज्य सरकारबाट भारतीय भूतपूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको निधनले एक साप्ताहिक शोक प्रकट हेतु ‘स्फुरण साहित्य प्रकाशन ‘-ले पनि शोक प्रकट गर्दै उक्त कार्यक्रमलाई आउँदो 25 र 26 अगस्तको दिन स्थानीय मङ्गलबारे वरिष्ठ माध्यमिक विद्यालयका खेल मैदानमा पालन गर्ने निर्णय लिएको छ । उक्त कार्यक्रमको अध्यक्षता सिक्किमका वरिष्ठ साहित्यकार बेनसिंह तथा कर्म सोनाम लेप्चा क्षेत्रीय विधायक,रिञ्चेबुङ मुख्य  अतिथिको रुपमा उपस्थित रहनेछन् ।

आयोजक समितिका पक्षबाट जानकारी दिँदै सबिन राईले भने खुल्ला नेपाली कविता वाचन प्रतियोगिता 8 वटा ग्राम पञ्चायत एकाई  साथै 10 भन्दा बढ़ी  विद्यायलका विधार्थीहरूले भाग लिनेछन् भने हस्तलिपि प्रतियोगिता प्राथमिक तथा निम्न प्राथमिक स्तरमा हुनेछ । यसरी नै क्षेत्रीय पाँचवटा भाषामा कविता वाचन साथै अन्तर विद्यायल हाजेरी प्रतियोगितामा माध्यमिक स्तरमा हुने अवगत गराए।

यसबाहेक, मङ्गलबारे वरपर क्षेत्रका छात्र- छात्रा तथा उच्च शिक्षा एमफिल,पीएचडी अनि एमबीबीएस हासिल गर्ने व्यक्तिहरुलाई आयोजक समितिका तर्फबाट प्रशंसा पत्र पनि प्रदान गरिनेछ। उक्त कार्यक्रममा दार्जिलिङबाट कवि कर्ण विरह एकजना निर्णायक रुपमा तथा पत्रकार सञ्जीब गुरुङ विशेष अतिथिको रुपमा उपस्थित हुने राईले अझ जानकारी दिएका छन्।

Related Posts

leave a comment

Create Account



Log In Your Account